2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगामी बजेट निर्माण प्रक्रिया : कति काम सकियो, अब के-के बाँकी ?

चैत्र २७, काठमाडौँ | अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा प्रक्रियालाई तालिका बनाएर योजनाबद्ध रूपले अघि बढाएको छ । मन्त्रालयले जेठ १५ मा संघीय संसदमा प्रस्तुत गर्नुपर्ने बजेट निर्माण प्रक्रियालाई सम्बन्धित शाखाले कुन मितिसम्म सम्पन्न गर्नुपर्ने भनी तालिका नै बनाएर अघि बढाएको हो ।

मन्त्रालयले तयार पारेको तालिका अनुसार अहिलेसम्म बजेट तर्जुमाको एक चौथाइ काम सकिएको छ । चैत १ गतेदेखि मन्त्रालय र मातहतका निकाय बजेट तर्जुमा प्रक्रियामा सामेल भएका थिए । जसअनुसार अहिलेसम्म बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचक तयार भइसकेको छ ।

यस्तै, बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना जारी गरी सुझाव संकलन गर्ने काम प्रक्रियामा छ । यस कामका लागि मन्त्रालयले चैत मसान्तसम्मको समयसीमा छुट्याएको छ । मन्त्रालयले यो कामको जिम्मेवारी बजेट तथा कार्यक्रम महाशाखालाई दिएको छ ।

राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल सम्पन्न भइसकेको छ भने विभागहरूबाट बजेट तर्जुमा सम्बन्धमा  'पोलिसी पेपर ' तयार गरेर पेश गर्ने काम समेत सम्पन्न भइसकेको छ । यी दुवै कामका लागि चैत १५ गतेसम्मको समयसीमा तोकिएको थियो ।

यतिबेला सम्बन्धित मन्त्रालयहरूले बजेट प्रस्ताव गर्ने अन्तिम मिति समेत सकिइसकेको छ । सबै मन्त्रालयहरूले चैत १५ सम्म बजेटको अन्तिम प्रस्ताव अर्थ मन्त्रालयमा बुझाइसक्नुपर्ने तालिका छ । बजेटका उद्धेश्य, प्राथमिकता र मूख्य कार्यक्रमबारे संसदहरूसँग प्रदेशगत छलफलको काम समेत सकिइसकेको मन्त्रालय बताउँछ ।

हाल प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयसँग छलफल भइरहेको छ । मन्त्रालयहरूसँग बजेट, कार्यक्रम र खर्च शीर्षकगत छलफल समेत चलिरहेको छ । यसका साथै वैदेशिक स्रोत अन्तर्गत प्राप्त हुने रकम एकीन गर्ने काम समेत धमाधम चलिरहेको छ । यी ३ वटै कामको समयसीमा चैत मसान्तसम्म तोकिएको छ ।


अब के–के काम बाँकी ?

जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने बजेटको पहिलो चरणको काम सकिन लागेको मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म, बजेट तर्जुमा प्रक्रियाको आवश्यक छलफल, विदेशी दातृ निकायबाट प्राप्त हुने रकम एकीन, सम्बन्धित मन्त्रालयहरूले पठाउने बजेटलाई अन्तिम रूप लगायत काम सकिनै लागेको हो । अब चैत मसान्तसम्मको काम सकिएपछि अर्थ मन्त्रालयले वैशाख २ गतेदेखि बजेट निर्माणको अर्को चरण सुरू गर्नेछ ।

मन्त्रालयले वैशाख २ गतेदेखि १५ गतेसम्ममा बजेटउपर सुझाव संकलनको काम सक्नेछ । मन्त्रालयले सो अवधिमा राजनीतिक दलका प्रतिनिधि, पूर्व अर्थमन्त्री, पूर्व गर्भनर र पूर्व अर्थसचिवसँग बजेटबारे छलफल गर्नेछ । सम्बन्धित क्षेत्रका विज्ञहरूसँगको छलफल सकिएलगत्तै मन्त्रालयले विनियोजन विधेयकका सिद्धान्तहरू र प्राथमिकताको मस्यौदा तयार गर्नेछ । बजेट वक्तव्य मस्यौदा लेखन समितिले गर्ने यो काम पनि वैशाख १५ गतेभित्रै सक्नुपर्नेछ ।

यसपछि अर्थमन्त्रीले चैत २० गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदका दुवै सदमा पेश गर्ने छन् । यसैगरी, सोही दिन प्राविधिक सहायता तथा अन्य गैर सरकारी संस्थानमार्फत परिचालन हुने सहायता एकीन हुनेछ । यसपछि वैशाख ३० गते आर्थिक सर्वेक्षणलाई अन्तिमरूप दिएर छपाइमा पठाउने र सोही दिन मन्त्रालयगत प्रगति विवरण छपाइका लागि प्रेसमा पठाइनेछ ।

अर्थ मन्त्रालयका अनुसार वैशाख २० गते नै बजेट वक्तव्य मस्यौदा तयार भइसकेको हुनेछ । यसपछि अर्थ मन्त्रालयले जेठ ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बजेट ब्रिफिङ गर्नेछ भने जेठ ८ गते व्यय अनुमान र खर्च शीर्षकगत अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार हुनेछ । मस्यौदा तयार भएपछि छपाइका लागि जेठ १० गते प्रेसमा पठाइनेछ ।

जेठ १२ गते मन्त्रालयले आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रूप दिइनेछ । यी सबै काम सकेपछि जेठ १३ गते स्रोत पुस्तिका छपाइका लागि पठाइनछ भने सोही दिन राष्ट्रिय योजना आयोगमा बजेटसम्बन्धी ब्रिफिङ हुनेछ । त्यसपछि बजेटको अघिल्लो दिन जेठ १४ गते मन्त्रीपरिषद्मा बजेट पेश हुनेछ । यस्तै, बजेट वक्तव्य छपाइका लागि पठाइनेछ भने संघीय संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयहरूको प्रगति विवरण पेश हुनेछ । यी सबै काम सकिएपछि जेठ १५ गते सरकारले संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक