१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुम्दीकोट विकासका लागि भोलिदेखि महायज्ञ, ६ करोड उठाउने लक्ष्य

३ बैशाख २०७९, शनिबार १०:२६

वैशाख ३, पोखरा | पोखराको पुम्दीकोट क्षेत्रको विकासका लागि भोलिदेखि महायज्ञ गर्न लागिएको छ । पोखरा–२२ स्थित पुम्दीकोटमा आइतबारदेखि १२ बैशाखसम्म महायज्ञ हुन लागेको हो ।

पुम्दीकोटमा महादेवको मुर्ति निर्माण परियोजना अन्तर्गत बाँकी रहेका योजना पूरा गर्न दोश्रो पटक महायज्ञ गर्न लागिएको हो ।

निर्माण कमिटीसँग अहिले करिक चार करोड ऋण छ । उक्त ऋण तिर्ने र बाँकी काम पूरा गर्न फेरि महायज्ञ आयोजना गरेको अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म, विद्युतीय कार निर्माण गर्ने, हरियाली पार्क निर्माण गर्ने, व्यवस्थित पार्किङस्थल बनाउने लगायत योजना छ ।

४० करोडको उक्त परियोजना अन्तर्गत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो डम्मरु, कुण्ड, एक सय आठ स्वर्गद्धारी सिँढी निर्माण भैसकेको छ । 

यस्तै, एक सय आठ धारा, दुई  सय १६ शिवलिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्रिय ध्यान केन्द्र, मोनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्री कक्षलगायत संरचना पनि बनिसकेको छ ।

हालसम्म २० करोड भन्दा बढीको काम सकिएको र अझै २० करोडको काम बाँकी रहेको निर्माण समितिले जनाएको छ । महायज्ञबाट ६ करोड उठाउने लक्ष्य छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल