2026-10-12 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि नेपालको दोश्रो अन्तरार्ष्ट्रिय विमानस्थलको रनवे सुचारु, यती एयरद्वारा पहिलाे उडान

मोहम्मद हबिब । वैशाख ८, भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ ।  रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भई उद्घाटनको तर्खरमा रहेको विमानस्थलमा बिहान ७ बजेर १५ मिनेटमा यती एयरले पहिलाे उडान भरेर र ७ बजेर ४५ मिनेटमा बुद्ध एयरले पहिलो अवतरण गरी रनवे प्रयोगमा ल्याइएकाे हाे ।

१५ सय मिटर लामो धावनमार्गबाट आन्तरिक उडान गर्दै आएको विमानस्थलले नवनिर्मित धावनमार्गबाट अबको आन्तरिक उडान गर्ने निश्चित भएको हो । सन् १९५८ जुलाई ८ तारिखबाट संचालनमा आएको गौतमबुद्ध विमानस्थलले ६४ वर्षको अन्तरालमा नयाँ धावनमार्गबाट उडान सुरु गरेको छ । 

एरोनटीकल इर्न्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल (एयरर्‍याक) मा निर्माण सम्पन्न भएको विमानस्थलको ३ किलोमिटरको धावनमार्गसहित हवाइ रुट, नेभिगेसन  र एयरपोर्टको जानकारी र सुविधा पठाएर अद्यावधिक भएपछि ककपिटमा नयाँ रनवे देखिएको छ । अब सबै उडान र अवतरण पुरानो रनवमा नभएर नयाँ रनवेमा हुन्छ, पुरानो रनवेलाई टयाक्सी वे मा परिणत गरिएको  गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले बताए । 

आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनी बुद्ध, यती, श्री, सौर्य, गुण लगायतले उडान-अवतरण नयाँ धावनमार्गबाट गर्ने भएका छन् । भैरहवा विमानस्थलमा दैनिक १५ देखि २८ वटा आन्तरिक उडान हुँदै आएको छ । 

नेपालकै दोस्रो अन्तराष्ट्रिय विमानस्थलरहेको गौतमबुद्ध विमानस्थल बुद्धजयन्तीकै अवसर पारेर अन्तर्राष्ट्रिय उडानको उद्‌घाटन जेठ २ गतेबाट हुँदैछ ।

विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र  कार्गा व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दहालले बताए ।

अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकाय लगायतसँगको छलफलपछि जेठ २ गते अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको उनले बताए । विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल एयरलाइन्सले जहाजबाट ओर्लन प्रयोग हुने भर्‍याङ, लगेज क्यारिअरजस्ता साधन विमानस्थल पुर्‍याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु