Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रेलमार्गबारे नेपाल–चीनबीच आर्थिक पक्षमा छलफल हुन आवश्यक : चिनियाँ राजदूत

By साझासवाल 2 मिनेट पढाइ

<p><b>विशाख ८, काठमाडौँ</b> | नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल चीन रेलमार्गबारे दुवै देशका बिचमा आर्थिक पक्षबारे गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् । बिहीबार चिनियाँ दूतावासले गरेको पत्रकार सम्मेलनमा बोल्दै राजदूत यान्छीले रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनपछि रेलमार्ग निर्माण कहिले सुरु हुने र कहिले सम्पन्न हुन्छ भन्नेबारे थाहा हुने बताइन् ।&nbsp;<br></p><p>उनले तिब्बतको केरुङबाट कहिले काठमाडौँ रेलमार्ग बनाउन हिमालय क्षेत्र भएका कारण कठिनाइ हुने भएकोले तत्काल भन्न नसक्ने बताइन् । उनले केरुङ काठमाडौँ रेलमार्ग निर्माणको काम अघि बढ्नेमा आफू विश्वस्त रहेको बताइन् । हालै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका बेला पनि नेपाल चीन रेलमार्गलाई अगाडि बढाउनेबारे छलफल भएको थियो । यो आयोजना अघि बढाउनका लागि हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अघि बढेको छैन ।</p>