2026-08-23 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल उडान, आजदेखि आन्तरिक उडान १८ घण्टा (फाेटाेफिचर)

मोहम्मद हबिब | वैशाख १५, भैरहवा । परीक्षण उडानमा सफलता पाएको भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार साँझ ५ बजेर ५० मिनेटमा सफलता पूर्वक अन्तर्राष्ट्रिय स्तरको विमानबाट परीक्षण उडान गरेको छ । 

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको राष्ट्रिय ध्वाजावाहक विमान एयर बस ३३० बाट २७४ जना यात्रु (पूर्ण क्षमता) बोकेर सफल उडान गरेको हो । 

विमान स्थलमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य राम फुयाल लगाएतको उपस्थितिमा परीक्षण गरिएको हो ।  

निर्वाचन आचारसंहिता लागेको भन्दै मन्त्री आलले मनतव्य नदिए पनि प्राधिकरणका महानिर्देशक अधिकारीले नेपालको इतिहासमा पहिलो पटक काठमाडौंबाहिर वाइडवडी विमानले उडान र अवतरण गरेको बताए । ‘यो परिक्षण गर्नका लागि डेमोन्स्ट्रेशन हो ७४ वर्ष पछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पाएका छौं’, उनले भने । ६४ वर्ष अघिबाट संचालनमा आएको भैरहवा विमानस्थल बुद्धपूर्णिमाको दिन व्यवसायिक उडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन हुन्छ । 

विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रु चापला घट्ने र काठमाडौंको विकल्प बनेको विमान स्थलका महानिर्देशक अधिकारीले बताए ।  काठमाण्डौंमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्ने बताउँदै २–३ वर्ष कोभिडका कारण निर्माण सम्पन्न हुन ढिला भएको बताए। 

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अत्याधुनिक उपकरण भैरहवामा जडित छ, अबको ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउने छ’ उनले भने ।  

आन्तरिक उडानमा ढिलाई हुँदा आजबाट आन्तरिक भैरहवा सहित ७ वटा विमानस्थल १८ घण्टा चल्ने र जेठ २ गतेबाट काठमाडौं सहित भैरहवा अन्तर्राष्टिय विमानस्थल २४ घण्टा संचालनमा आउने निर्णय भएको महानिर्देशक अधिकारीले बताए ।

पर्यटन सचिव महेश्वर न्यौपानेले  सबैको सहयोगले ठूलो विमान उडान अवतरण गर्न सफल भएको बताए ।  

परीक्षण उडानको क्रममा जहाज केही बेर रनवेमै अड्किएको थियो  । जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए । रनवेमा अड्किएको जहाज केही समय पछि एप्रोनतर्फ ल्याइएको थियो । 

]

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो