सलिम अन्सारी/भदौ १५, प्युठान । जिल्ला स्थित बिधुत प्राधिकरणका ग्राहकले समय मै बिधुत महसुल बुझाएका छैन्न । 

९० दिन काटिसकेका नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बिजुवार अन्तर्गतका ग्राहक र सरकारी कार्यालयले समय मै महसुल नबुझाएका हुन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/भदौ १५, प्युठान । जिल्ला स्थित बिधुत प्राधिकरणका ग्राहकले समय मै बिधुत महसुल बुझाएका छैन्न । 

९० दिन काटिसकेका नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बिजुवार अन्तर्गतका ग्राहक र सरकारी कार्यालयले समय मै महसुल नबुझाएका हुन "/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठान बिधुत प्राधिकरणमा झन्डै ५६ लाख बक्यौता

२०७३, १५ भाद्र बुधबार १३:११

सलिम अन्सारी/भदौ १५, प्युठान । जिल्ला स्थित बिधुत प्राधिकरणका ग्राहकले समय मै बिधुत महसुल बुझाएका छैन्न । 

९० दिन काटिसकेका नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बिजुवार अन्तर्गतका ग्राहक र सरकारी कार्यालयले समय मै महसुल नबुझाएका हुन । यस अन्तर्गतका ग्राहकबाट झन्डै ५५ लाख ६१ हजार ७ सय ६२ रुपैयां बिधुत महसुल उठ्न बांकी रहेको छ।यस्मा सबैभन्दा बढी जिल्ला स्वास्थ्य कार्यालय प्युठानको बक्यौता बांकी छ ।

जिल्ला स्वास्थ्य कार्यालय र यस मातहातका जिल्लाका विभिन्न गाउँ बिकास समितीमा रहेका इकाइ कार्यालयहरुले लामो समय देखि बिधुत महसुल नबुझाएको प्राधिकरण कार्यालयले बताएको छ।कार्यालयले दिएको जानकारी अनुसार जिल्ला स्वास्थ्य कार्यालयले १३ लाख ७९ हजार रुपैया महसुल बुझाउन बांकी रहेको छ । 

अन्य सरकारी कार्यालयको हकमा भने अधिकाशं कार्यालयले अगृम रुपमा महसुल बुझाएकाले बक्यौता बांकी नरहेको कार्यालय श्रोतले बताएको छ।"एड्भान्स रकममा उल्टै हामिले चुक्ता गर्नुपर्ने देखिएको छ । "कार्यालय श्रोतले भन्यो ।

जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख दधिकृष्ण शाहले स्वास्थ्य बिभागबाट बिधुतका लागि प्राप्त हुने रकम  अपुग हुँदा महसुल भुक्तानी दिन नसकिएको बताए।बिभागबाट निकासा हुने रकम प्रयाप्त नहंदा र अस्पतालमा बिधुतको खपत बढी हुने कारणले यो रकम रहन गएको हो । उनले भने " तिर्दै नतिरेको भने होइन,आए जति रकम त बुझाएकै छौं नि ।"

नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र प्युठानमा १६ हजार ३ सय २ जना ग्राहक छन । 

उर्जा मन्त्रालयको निर्देशन पश्चात् बक्यौता रकम असुल गर्न थालिएको नेपाल बिधुत प्राधिकरण बिजुवार केन्द्रका प्रमुख कृष्णहरि दाहालले जानकारि दिए । महसुल तिर्न बांकी रहेका ग्राहकलाइ समय मै बिधुत महसुल बुझाउन आउन भनी पत्र काटिएको दाहालले बताए । 

महसुल बुझाउन सरकारी कार्यालयलाइ भने १ हप्ता समय दिने प्राबधान रहेको उनले बताए।जिल्लामा समय मै महसुल नतिरेका १७ जना ग्राहकको बिधुत लाइन काटिएको छ।उनिहरुलाइ कालोसुचिमा राखिएको बितरण कार्यालय प्रमुख दाहालले जानकारी दिए ।

कालोसुचिमा पर्ने र लाइन काटिएका ग्राहकहरुबाट मात्र गरि जम्मा २ लाख ५० हजार रुपैयां भन्दा धेरै बिधुत महसुल उठ्न बांकी रहेको उनले बताए।प्युठान जिल्लामा हाल ३ मेगावाट बिधुत आपुर्ती भैरहेको कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण