भारतबाट बढेर आयो इन्धनको मूल्य, पेट्रोलको मूल्य १८३ रुपयाँ (मूल्यसूचि सहित)

साझासवाल
1 Min Read

वैशाख १९, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको छ । आज (आइतबार) मा आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ ।

यस्तै, डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको नेपाल आयल निगमले जनाएको छ ।

विगतमा डिजेल भन्दा पेट्रोलको खरिद लागत बढी हुने गरेकोमा अब डिजेलको लागत बढी भएको छ । यस्तै, मट्टीतेलको खरिद लागत बढेर १३६ रुपैयाँ ३३ पैसाबाट १४० रुपैयाँ १९ पैसा पुगेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३९ रुपैयाँ २४ पैसाबाट बढेर १४३ रुपैयाँ ३६ पैसा र बाह्यतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ११९ रुपैयाँ ६४ पैसाबाट बढेर १२३ रुपैयाँ ७८ पैसा पुगेको छ ।

यस्तै, खाना पाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९८ रुपैयाँ ७३ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply