2026-09-21 11:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२२० केभी विद्युत् प्रसारण लाइन निर्माण रोक्न प्रभावितको माग

वैशाख २२, लमजुङ | मर्स्याङ्दी कोरिडोरमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माणकार्य रोक्न प्रभावितले माग गरेका छन् ।आयोजना प्रभावित क्षेत्र दोर्दी–१ र २ का स्थानीयले आयोजनाले बल मिचाइ गरेको आरोप लगाएका हुन् । 

प्रभावितहरूले प्रभावित समुदायलाई प्रहरी प्रशासन परिचालन गरी धाकधम्की दिने, धरपकड गर्ने तथा थुनामा समेत राख्ने गरेको भन्दै त्यसको विरोध गरेका छन् ।

सोबाहेक युरोपेली लगानी बैकको उजुरी सुन्ने निकायले दिएको प्रतिवेदनको निष्कर्ष सुझावहरू अक्षरश कार्यान्वयन गर्न पनि माग गरेका छन् । लमजुङको मर्स्याङ्दी कोरिडोरअन्तर्गत राईनासको धमीलीकुवादेखि २२० केभी राष्ट्रिय विद्युत् प्रसारण लाइन निर्माणको क्रममा छ । 

प्रभावितहरूले अधिग्रहण गरिएको जग्गामा उचित मुआब्जा लगायतका विषयमा पटक–पटक प्रशासन कार्यालय र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।

आयोजना सुरु भएसँगै आन्दोलनरत प्रभावित क्षेत्रका बासिन्दाहरूले पछिल्लो समय आफ्ना माग पूरा नहुँदै प्रशासनको बलमा धम्काएर काम अघि बढाएको भन्दै त्यसको विरोध गरेका हुन् । 

बाहेक युरेपेली युनियनले निकालेको निष्कर्ष सुझावको आधारमा प्रभावितको सहभागितामा मुआब्जा पुनः मूल्याङ्कन गरी क्षतिपूर्ति निर्धारण गर्नुपर्ने, प्रभावित समुदाय, युरोपियन लगानी बैक र प्राधिकरणबीच त्रिपक्षीय वार्ता हुनुपर्ने प्रभावितहरूको माग छ ।

प्रभावित समुदायको माग सुनुवाइ नहुँदासम्मका लागि आयोजना निर्माणकार्य रोक्न विशेष माग रहेको एफपिक लमजुङका सचिव चन्द्र मिश्रले बताए । राष्ट्रिय विद्युत् प्रसारण लाइन निर्माणको क्रममा गत आइतबार दोर्दी–१, ढोके गाउँकी पवित्रा थापालाई कुटपिट गरिएको, स्थानीय सन्तोष गिरि, सञ्जीव थापा र राजेश थापालाई प्रहरी नियन्त्रणमा लिएको भन्दै प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन् । 

यसअघि पनि मर्स्याङ्दी कोरिडोरअन्तर्गत राईनास, दोर्दी, बेसीसहर र मर्स्याङ्दी गाउँपालिकाका प्रभावितहरू पटक पटक आन्दोलनका कार्यक्रमहरू गर्दै आएका छन् । आफ्ना मागका विषयमा पटक–पटक सम्बन्धित निकायमा आग्रह गरे पनि सम्बोधन नगरेको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो