2026-10-12 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजार दोहोरो अंकले वृद्धि

वैशाख २५, काठमाडाैं | साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से दोहोरो अंकले वृद्धि भएको छ।  निरन्तर केही महिनादेखि घटेको सेयर बजार साताको पहिलो दिन आइतबार १८ अंकले बढेको हो ।

गत बिहीबार नेप्से  २७ अंक र बुधबार ३२ अंकले ओरालाे लागेकाे थियो। आइतबार २२ सय ३८ अंकबाट सुरु भएको नेप्से परिसूचक दिनको अन्तिममा १७ दशमलव ९५ अंकले बढेर २२ सय ५६ दशलमव ५८ अङ्कमा पुगेर बन्द भएको छ । 

आइतबार सुधार आएको नेप्से बजारमा सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८ अंकले बढेर ४ सय ३६ अंकमा पुगेको छ।  नेप्सेमा आइतबार ३३ लाख ४१ हजार २१४ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम गत साताको अन्तिम दिनभन्दा आइतबार २५ करोडले कमि हो ।

नेप्सेमा बिहीबार २३३ कम्पनीको सेयर खरिदबिक्री  हुँदा १४१ कम्पनीका सेयरधनीले नाफामा कारोबार भएको छन् भने ७३ कम्पनीका सेयर घाटामा कारोबार भएको छ ।

त्यस्तै १४ कम्पनीको सेयर मूल्य बिहीबारकै मूल्यमा कारोबार भएको छ । आइतबार एकमात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १५२ रुपैयाँ बढेर १६ सय ७२ रुपैयाँ पुगेको छ । सेयर बजार सूचीकृत भएसँगै जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य निरन्तर सर्किट लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी