२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माथिल्लो दोर्दी ए दुई करोड घाटामा

२०७९, २६ बैशाख सोमबार १२:५८

वैशाख २६, लमजुङ | लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भई विद्युत् उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए को आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको छ । 

कम्पनीले लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए  निर्माण गरिरहेको छ । असार पहिलोबाट आयोजनाको बिजुली उत्पादन हुने आयोजनाका सञ्चालक राजेन्द्र बस्तीले बताए ।

आयोजनाको बाँकी काम २०७९ जेठभित्र सम्पन्न गरी असार पहिलो साताबाट बिजुली उत्पादन  गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन भएको  विद्युत् कीर्तिपुर सबस्टेसनमार्फत उदिपुर–मार्कीचोक–भरतपुर खण्डको ६ किलोमिटर प्रसारण लाइनको प्रयोग गरी मध्यमस्र्याङदीको स्वीचयार्डमा पुराइने भएको छ ।

चैतसम्मको अवधिमा १ करोड ९९ लाख १८ हजार ६ सय ८० रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका घाटा गत वर्षको यही समय अवधिको तुलनामा भने घटेको हो । गत वर्ष ३ करोड २४ लाख ३२ हजार ५ सय २४ रुपैयाँ घाटामा थियो ।

आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत् उत्पादन हुनेछ । विद्युत् उत्पादन सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण