प्रकाश बम | भदौ १८, डोटी | अस्थायी ‘रुट पर्मिट’ पाएका डोटीका ग्रामिण सडकहरुमा नयाँ भाडादर कायम गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सिलगढीमा बसेको यातायात ब्यबस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।

नयाँ कायम गरिएको भाँडादर अनुसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | भदौ १८, डोटी | अस्थायी ‘रुट पर्मिट’ पाएका डोटीका ग्रामिण सडकहरुमा नयाँ भाडादर कायम गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सिलगढीमा बसेको यातायात ब्यबस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।

नयाँ कायम गरिएको भाँडादर अनुसा"/>

२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीका अस्थायी ‘रुट पर्मिट’ ग्रामिण सडकमा भाडादर निर्धारण, असोज १ गतेबाट लागु हुने

२०७३, १८ भाद्र शनिबार ०३:४८

प्रकाश बम | भदौ १८, डोटी | अस्थायी ‘रुट पर्मिट’ पाएका डोटीका ग्रामिण सडकहरुमा नयाँ भाडादर कायम गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सिलगढीमा बसेको यातायात ब्यबस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।

नयाँ कायम गरिएको भाँडादर अनुसार राजपुर–चवरा चौतारा सडकखण्डमा प्रतिकिलोमिटर साढे आठ रुपैँया, दिपायल–र्मौवा–मेल्लेक–डौड सडकमा प्रतिकिलोमिटर साढे आठ रुपैँया, लुहाखडी–धुरकोट सडकमा प्रतिकिलोमिटर ७ रुपैँया, सिलगढी–लडागडा–नारिदाङ सडकमा प्रतिकिलोमिटर ७ रुपैँया, बुडर–बाँझिलेक सडकमा जीपमा प्रतिकिलोमिटर ६ रुपैँया र मिनिबसमा ५ रुपैया, सिलगढी–झिँग्राना सडकमा प्रतिकिलोमिटर साढे आठ रुपैया, दिपायल–कपल्लेकी सडकमा प्रतिकिलोमिटर ७ रुपैया र बिपिनगर–बगछेडा सडकमा जीपमा प्रतिकिलोमिटर ६ र मिनिबसमा ५ रुपैँया तोकिएको हो ।

कच्ची, धुलेबाटो र ग्राबेल गरी तिन तहमा बर्गिकरण गरेर ती सडकहरुमा फरक–फरक दररेट कायम गरिएको निर्णयमा उल्लेख छ । यसअघि अस्थायी परमिट बिनै केही सडकहरुमा सवारी साधनहरुले चर्को भाँडादर अशुलीरहेका थिए । नयाँ भाडादर कायम भएपछि चर्को भाडामा यात्रा गरिरहेका सर्बसाधारणहरुले थोरै भएपनि राहत महशुस गर्नेछन् । नयाँ निर्धारण भएको भाँडादर अनुसार पहिले ८ सय देखी एक हजारसम्मको चर्को भाँडादर चलिरहेको राजपुर–चवरा चौतारा ६५ किलोमिटर सडकखण्डमा अब साढे पाँच सयमै यात्रा गर्न पाईने भएको छ ।

अन्य सडकहरुमा पनि पहिलेको तुलनामा अत्याधिक भाँडा घट्ने भएको छ । नयाँ निर्धारण भएको भाडादर दशैअगावै असोज १ गतेबाट लागु हुने निर्णय गरिएको छ । तबसम्मका लागि बर्षाको सिजनमा पानीले बिग्रिएका सडकहरुलाई मर्मत गर्न सम्बन्धीत कार्यालय तथा संघ÷संस्थाहरु ताकेता गरिएको छ ।

जसमा दिपालयल सिलगढी नगरपालिका भित्र पर्ने सडकको मर्मत नगरपालिकाले गर्ने, सिलगढी–झिंग्राना सडकको पनि नगरपालिकाले गर्ने जसमा जिविससंग समन्वय गर्ने र डिभिजन सडक कार्यालय दिपायलले बुडर–बाँझिलेक, बिपिनगर–बागछेडा, दिपायल–कपल्लैकी, र दिपायल–चवरा र्चौतारा सडकको मर्मत गर्ने निर्देशन गरिएको छ । सोही बैठकको निर्णयानुसार संचालित सडकहरुमा प्रतिमिनि बसमा बिद्यार्थीलाई २ जना यात्रुलाई ४५% को दरले भाडाछुट गर्ने, जीपमा एक जनालाई २०% का दरले भाँडा छुट गर्ने निर्णय गरिएको छ । यसबाहेक प्रतिघण्टा १५ किमिका दरले यातायात हाक्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ