१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक सातामै प्रतिलिटर ५० रूपैयाँ बढ्यो खाने तेल

८ जेष्ठ २०७९, आईतवार १२:१४

जेठ ८, काठमाडौँ | पछिल्लो एक सातामा खाने तेलको मूल्य प्रतिलिटर ५० रूपैयाँ वृद्धि भएको छ। बजारमा भुटेको तोरी, काँचो तोरी, भटमास र सूर्यमूखीको तेल पाइन्छ। 

अन्य तेलको तुलनामा सूर्यमुखी तेल बढी खपत हुन्छ। व्यवसायीले पनि सूर्यमूखी तेलको मूल्य ह्वात्तै बढाएका छन्। 

स्थानीय तहको चुनावताका प्रतिलिटर तीन सय १० रूपैयाँमा बिक्री भएको सूर्यमूखी तेल चुनाव सकिएको एक सातामै प्रतिलिटर ५० रूपैयाँ बढेर तीन सय ६० रूपैयाँ पुगेको छ। 

त्यस्तै, त्यो समय भटमासको तेल प्रतिलिटर तीन सय चार रुपैयाँमा बिक्री भएकाे तेल १६ रूपैयाँ बढेर तीन सय २० रूपैयाँमा बिक्री भएको नेपाल खुद्रा व्यापार संघले दिएको तथ्यांकले देखाउँछ। 

पछिल्लो एक सातामै उद्योगबाट प्रतिलिटर ५० रूपैयाँ मूल्य बढेर आएको संघका महासचिव अमुलकाजी तुलाधारले बताए। 

‘हामीले मूल्य बढाएका होइनौं, उद्योगबाटै बढेर आएको छ,’ उनले भने। उद्योगबाट मूल्य बढेर आएपछि आफूहरू पनि मूल्य बढाउन बाध्य भएको उनको भनाइ छ।

पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो आएसँगै वाणिज्य विभागले बजार अनुगमनलाई तीव्र बनाएको विभागका महानिर्देशक लिला प्रसाद शर्माले बताए। 

‘हामीले अनुगमन गरिरहेका छौं। अस्वाभाविक मूल्य वृद्धि गरिएको पाइए कारबाही गर्छौं,’ उनले भने। 

 रूस-युक्रेन द्वन्द्वका कारण तेलको मूल्य केही बढेको उनको भनाइ छ। 

‘हाम्रो अनुगमनले अहिलेसम्म स्रोतमै मूल्य बढेको देखाएको छैन,’ उनले भने, ‘तेलका केहीले ब्राण्डले एमआरपी मूल्यभन्दा बढी लिएको गुनासो आएको छ। प्रमाणित भए हदैसम्मको कारबाही हुन्छ।’ 

खुद्रा व्यापार संघको तथ्यांकअनुसार भुटेको तोरीको तेल र काँचो तोरीको तेलको मूल्य भने यथावत नै छ। बजारमा भुटेको तोरीको तेल प्रतिलिटर चार सय दस रूपैयाँ र काचो तोरीको तेल प्रतिलिटर ३ सय ७५ रूपैयाँमा बिक्री भइरहेको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी