१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दश महिनामा वैदेशिक रोजगारीमा जान लिए ५ लाखभन्दा बढीले श्रम स्वीकृति

११ जेष्ठ २०७९, बुधबार ११:२३

जेठ ११, काठमाडौं | चालु आर्थिक वर्षको पहिलो दश महिनामा वैदेशिक रोजगारमा जान ५ लाख ५ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन् । 

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागका अनुसार गएको वैशाख महिनामा मात्र ४५ हजार ४ जनाले वैदेशिक रोजगारमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । 

विभागका अनुसार २०७८ साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७, चैतमा ५५ हजार ५२३ र २०७९ वैशाखमा ४५ हजार ४ जनाले श्रम स्वीकृति लिएका छन् । 

पछिल्ला दश महिनामा प्रत्येक महिना औषतमा ५० हजार ५४९ जनाले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ । यही शैलीमा जेठ र असार महिनामा पनि श्रम स्वीकृति लिनेको संख्या बढे चालु आर्थिक वर्षमा ६ लाखभन्दा बढीले श्रम स्वीकृति लिनेछन् । 

कोरोना महामारी कारण पछिल्लो दुई वर्ष वैदेशिक रोजगारमा जानेको संख्या घटेको थियो, जसले गर्दा नेपाल भित्रने रेमिट्यान्समा समेत असर गरेको थियो ।  

गत वर्षबाट कोरोनाको खोप प्रयोगमा आएपछि वैदेशिक रोजगारमा जानेको संख्या पुन बढ्न थालेको हो । 

सन् २०१९ डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी विश्वमा फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमसः घट्दै गएको थियो । 

कोरोना महामारी सुरु भएको वर्ष २०७६÷७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा वैदेशिक रोजगारमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७÷७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो । 

कोरोना महामारीले थलिएको वैदेशिक रोजगार यो वर्ष पुरानै लयमा फर्केको श्रम स्वीकृति लिनेको तथ्याङ्कले देखाउँछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी