घट्यो सुनको मूल्य, कति पुग्यो?

साझासवाल
1 Min Read

<p><b>जेठ १२, काठमाडौँ | </b>सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ ।<br></p><p>अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९८ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार ७०० पुगेको थियो ।</p><p>त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २७० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४५ डलर आसपासमा कारोबार भइरहेको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply