जेठ १५, काठमाडौं | सरकारले बाराको निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम ल्याएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्यक्रम अघि बढाइने जानकारी दिएका हुन् ।

तर, गत बिहीबार सर्वाेच्च अदालतले सरकारबाट भएका निजगढमा विमानस्थल बनाउने सबै निर्णय बदर गरी त्यहाँ विमानस्थल नबनाउन परमादेश दिएको छ ।

सर्वाेच्चको सो आदेशपछि आइतबार सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा निजगढ विमानस्थल बनाउने कार्यक्रम समेटिएको जानकारी दिएको हो ।

Related News