ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

साझासवाल
Disclosure: This website may contain affiliate links, which means I may earn a commission if you click on the link and make a purchase. I only recommend products or services that I personally use and believe will add value to my readers. Your support is appreciated!

<p><b>जेठ १८, काठमाडौँ | </b>बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।&nbsp;<br></p><p>मंगलबार सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ आज घटेर ९७ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यस्तै, यसअघि प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको तेजावी सुनलाई आज ९६ हजार ७०० रुपैयाँ पर्नेछ ।&nbsp;</p><p>यता, चाँदीको मूल्य पनि आज घटेर कारोबार हुने भएको छ । यसअघि प्रतितोला एक हजार २७० रुपैयाँ रहेको चाँदी आज घटेर प्रतितोला एक हजार २५० रुपैयाँ रहेको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply