१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम

२६ जेष्ठ २०७९, बिहीबार ०५:३६

जेठ २६, काठमाडौँ | कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिन बिहीबार अन्तिम दिन रहेको छ । योजनामा छोटो अवधिका लागि १७   जेठसम्म आवेदन गर्ने म्याद रहेकोमा आवश्यक आवेदन नपरेपछि आवेदन गर्ने म्याद २६ जेठसम्म म्याद थपिएको थियो ।

लगानीकर्ताले बिहीबार कार्यालय समयभित्र मेरो सेयरको मोबाइल एप, वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार साँझ साढे ५ बजेसम्ममा सर्वसाधारणबाट फण्डका ११ करोड ८२ लाख ६२ हजार ९४० एकाई खरीदका माग परेको हो । जुन कुल बिक्री खुला भएको १२ करोड एकाईको ९८.५५ प्रतिशत हो ।

सिडिएससीका अनुसार १ लाख ४० हजार ४७७ वटा आवेदनमार्फत एक अर्ब १८ करोड २६ लाख २९ हजार ४०० रुपैयाँ मूल्यको ११ करोड ८२ लाख ६२ हजार ९४० एकाई खरीदको माग भएको हो । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी धनवृद्धि योजनाले १२–१७ जेठसम्म एक अर्ब २० करोड बराबरको १२ करोड एकाई निष्काशन तथा बिक्री खुला गरेको थियो ।

उक्त बन्दमुखी योजनाको आकार एक अर्ब २० करोड रुपैयाँ बराबर छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । 

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको एकाई संख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाई कोष प्रवद्र्र्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए