2026-10-12 09:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम

जेठ २६, काठमाडौँ | कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिन बिहीबार अन्तिम दिन रहेको छ । योजनामा छोटो अवधिका लागि १७   जेठसम्म आवेदन गर्ने म्याद रहेकोमा आवश्यक आवेदन नपरेपछि आवेदन गर्ने म्याद २६ जेठसम्म म्याद थपिएको थियो ।

लगानीकर्ताले बिहीबार कार्यालय समयभित्र मेरो सेयरको मोबाइल एप, वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार साँझ साढे ५ बजेसम्ममा सर्वसाधारणबाट फण्डका ११ करोड ८२ लाख ६२ हजार ९४० एकाई खरीदका माग परेको हो । जुन कुल बिक्री खुला भएको १२ करोड एकाईको ९८.५५ प्रतिशत हो ।

सिडिएससीका अनुसार १ लाख ४० हजार ४७७ वटा आवेदनमार्फत एक अर्ब १८ करोड २६ लाख २९ हजार ४०० रुपैयाँ मूल्यको ११ करोड ८२ लाख ६२ हजार ९४० एकाई खरीदको माग भएको हो । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी धनवृद्धि योजनाले १२–१७ जेठसम्म एक अर्ब २० करोड बराबरको १२ करोड एकाई निष्काशन तथा बिक्री खुला गरेको थियो ।

उक्त बन्दमुखी योजनाको आकार एक अर्ब २० करोड रुपैयाँ बराबर छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । 

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको एकाई संख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाई कोष प्रवद्र्र्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी