2026-09-21 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन् अमेरिकी डलरभन्दा पनि बलिया विदेशी मुद्रा

जेठ २६, काठमाडौँ | विश्वमा सबैभन्दा बलियो मुद्राको कुरा आउँदा हाम्रो दिमागमा सधैं अमेरिकी डलर आउँछ । हामी यसबारे धेरै पढ्छौं, सुन्छौं र कारोबार पनि गर्छौ । तर डलर विश्वमा सबैभन्दा बलियो मुद्रा होइन ।

संयुक्त राष्ट्र संघले लगभग १८० मुद्राहरूलाई कानूनी टेन्डरको रूपमा मान्यता दिएको छ । विश्वभरि मुद्राको मूल्य नियमित रूपमा उतार चढाव हुन्छ ।  केही मुद्राहरु अन्यभन्दा शक्तिशाली मानिन्छ । तीमध्ये केही यहाँ उल्लेख गरिएकाे छ :

१. कुवेती दिनार

कुवेती दिनार देशको आधिकारिक मुद्रा हो । दिनार नाम रोमन दिनारबाट आएको हो । यसलाई विश्वको सबैभन्दा शक्तिशाली मुद्रा मानिन्छ । मध्यपूर्वमा तेल सम्बन्धि लेनदेनमा व्यापक रुपमा दिनारको प्रयोग हुन्छ । १ कुवेती दिनार ३.३२ अमेरिकी डलर बराबर हुन्छ । अर्थात् एक कुवेती दिनार ४०६ रुपैयाँ बराबर हुन्छ ।

२. बहराइनी दिनार

बहराइनी दिनार संसारको दोस्रो सबैभन्दा मूल्यवान चल्ती मुद्रा हो, एक बहराइन दिनारको मूल्य २.६५ अमेरिकी डलर बराबर हुन्छ । यो कुवेती दिनारभन्दा थोरै पछि छ । बहराइन फारसको खाडीमा रहेको एउटा टापु देश हो, यसको जनसंख्या १० लाखभन्दा बढी छ। यसको राजस्वको प्राथमिक स्रोत विश्वव्यापी ग्याँस र पेट्रोलियम निर्यात हो । बहराइनमा साउदी रियाल पनि आधिकारिक मुद्राको रूपमा मान्यता प्राप्त छ । तिनीहरूको विनिमय दर पनि निश्चित छ १ दिनार १० रियाल बराबर हुन्छ ।

३. ओमान रियाल

ओमान रियाल ओमानको राष्ट्रिय मुद्रा हो । यो हाल विश्वको सबैभन्दा मूल्यवान मुद्रामा तेस्रो स्थानमा पर्छ । सन् १९४० भन्दा पहिले ओमानको स्थानीय मुद्रा भारतीय रुपैयाँ थियो र पछि शक्तिशाली मुद्राद्वारा प्रतिस्थापित भयो । ओमानको अर्थतन्त्र तेल भण्डारमा आधारित छ । ओमानको १ रियाल नेपालमा ३२० रुपैयाँ हुन्छ ।

४. जोर्डन दिनार

जोर्डनको आधिकारिक मुद्रा जोर्डनियन दिनार हो । यो जोर्डन नदी तटमा अवस्थित अरबी देश हो । जोर्डन सरकारले स्थिर विनिमय दरहरू कायम राख्छ, यसैका कारण जोर्डनको दिनारको शक्तिशाली भएको हो । जोर्डन तेल निर्यातमा धेरै निर्भर छैन । यसको मुद्रा दिनारले सन् १९२९ मा प्यालेस्टिनी पाउन्डलाई प्रतिस्थापन गरेको थियो । याे १ दिनार १७५ नेपाली रूपैयाँ हुन्छ र अमेरिकी डलर १.४१ हुन्छ ।

५. बेलायती पाउन्ड

स्टर्लिङ बेलायतको राष्ट्रिय मुद्रा हो । ब्रिटिस पाउन्ड स्टर्लिङ विश्वको सबैभन्दा मूल्यवान मुद्राहरू मध्ये पाँचौं स्थानमा छ । पाउन्ड स्टर्लिङ प्रायः संसारको सबैभन्दा बलियो मुद्रा मानिन्छ । यद्यपि, यो ४ वटा अरबी मुद्राभन्दा पछाडि छ । बेलायत युरोपेली युनियनबाट बाहिरिएपछि यसमा नकारात्मक प्रभाव पर्यो । यसका बावजुद पनि यो प्रचलनमा रहेको संसारको सबैभन्दा पुरानो मुद्रा हो र सबैभन्दा धेरै साटिनेमध्ये एक हो । याे १ पाउन्डकाे नेपाली १५५ रूपैयाँ र अमेरिकी डलर १.२५ हुन्छ ।

६. जिब्राल्टर पाउन्ड

जिब्राल्टर पाउन्ड जिब्राल्टरको राष्ट्रिय मुद्रा हो र ब्रिटिश पाउन्ड स्टर्लिंगसँग अंकित मूल्यमा विनिमय योग्य छ । यसको मूल्य ग्रेट ब्रिटिश पाउन्डभन्दा थोरै कम छ । यो अमेरिकी डलरभन्दा बलियो छ । तर यो ब्रिटिश पाउन्ड जस्तै विदेशी मुद्रा सञ्चितिमा प्रचलित छैन । बेलायती पाउन्ड र यसको अंकित मूल्य बराबर छ ।

७. केम्यान आइल्यान्ड डलर

विश्वको ७ औं सबैभन्दा महंगो मुद केम्यान आइल्यान्ड डलर हो । यो केम्यान टापुको राष्ट्रिय मुद्रा पनि हो । केम्यान टापु बेलायतको स्वायत्त क्षेत्र हो । कर हेभनका रूपमा प्रसिद्ध, विदेशी कम्पनीहरू व्यापारको लागि केम्यान टापुहरूमा आउँछन् । जसका कारण यहाँ विदेशी मुद्राको सञ्चिति सन्तुलन कायम छ । एक अमेरिकी डलर लगभग ०.८३ केम्यान आइल्याण्ड डलर बराबर हुन्छ । नेपाली रुपैयाँसँग तुलना गर्दा एक केम्यान आइल्याण्ड डलरको मूल्य लगभग १४९ रुपैयाँ पर्छ ।

८. युरो

अमेरिकी डलरपछि विश्वव्यापी व्यापारमा सबैभन्दा बढी प्रयोग हुने मुद्रा युरो हो । यूरो १९ देशको आधिकारिक मुद्रा हो । जर्मनी, फ्रान्स र स्पेनजस्ता देशहरूले यो मुद्रा प्रयोग गर्छन् । यूरो विश्वको लागि व्यापारिक मुद्राको रूपमा पनि लोकप्रिय छ । विश्वव्यापी व्यापारको एक चौथाई यूरोसँग कारोबार गरिन्छ । यो अमेरिकी डलर भन्दा बलियो मुद्रा हो । एक अमेरिकी डलरका लागि ०.९० यूरो वा ९० सेन्ट हुन्छ । यो विश्वको सबैभन्दा बलियो मुद्राको सूचीमा आठौं स्थानमा छ ।

९. स्विस फ्रयांक

यो स्विट्जरल्याण्ड र लिक्टेनस्टाइनको राष्ट्रिय मुद्रा हो । स्विस फ्रयांकको तुलनामा डलर कमजोर छ । १ स्विस फ्रयांक बराबर १.०२ अमेरिकी डलर हुन्छ भने नेपाली रुपैयाँ १२७ हुन्छ । स्विट्जरल्याण्ड विश्वको सबैभन्दा स्थिर र धनी देशमध्ये एक हो । धेरै युरोपेली देशहरूमा स्विस फ्रयांकको कारोबार हुन्छ । यसबाहेक स्विट्जरल्याण्डले यस मुद्राको लागि धेरै नियम बनाएको छ, यसकै कारण पनि यो बलियो र स्थिर छ । उदाहरणका लागि, स्विस फ्रयांकको नगद राख्ने सीमा तय गरिएको छ ।

१० . अमेरिकी डलर 

अमेरिकी डलर अमेरिका र अन्य धेरै देशहरूको मुद्रा हो । यो विश्वको प्राथमिक रिजर्भ मुद्रा हो । विश्वभरका केन्द्रीय बैंकहरूमा अमेरिकी डलरको माग धेरै हुन्छ । विश्व व्यापारमा दैनिक व्यापारको ८८ प्रतिशत डलरबाट हुने भएकाले यसले विश्वका धेरै मुद्राको मूल्यलाई पनि असर गर्छ । विदेशी मुद्रा बजारमा यसको माग सबैभन्दा बढी छ । डलरले विश्वव्यापी मुद्राको स्थिति पाउँछ । विश्वमा कुनै पनि मुद्रा कति प्रचलित छ त्यो देशको अर्थतन्त्र र शक्तिमा भर पर्छ । यो एक डलर बराबर १२४ नेपाली रुपैयाँ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो