2026-10-12 09:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छरिएर रहेको पुँजी एकत्रित गर्न स्काई ग्रुप गठन

जेठ २८, काठमाडौं | वृहत्तर व्यापारिक समूह गठन गरी व्यापारमा विविधिकरण गर्दै अघि बढ्ने प्रणसहित शनिवार काठमाडौंमा स्काई ग्रुप नामक संगठन गठन भएको छ ।  ग्रुपका अध्यक्ष कृष्णप्रसाद अवालले छरिएर रहेको पुँजीलाई एकत्रित गरेर लगानीलाई व्यापक पार्नु मुख्य उद्देश्य रहने बताए ।

यस्तै ग्रुपका प्रमुख सल्लाहकार युवक राजभण्डारीले देशभरका उद्यमी व्यवसायीलाई एकै समूहमा समाहित गर्दै अघि बढ्ने बताए । उनले धेरै क्षेत्रका अनुभवी व्यक्तिहरूको संलग्नताले ग्रुप मजबूत भएको बताए ।

ग्रुपका सञ्चालक शिवप्रसाद मानन्धरले हार्डवेयर व्यवसायलाई प्राथमिकतामा राखेर सुरु गर्न लागिएको कम्पनीले भविष्यमा हाउजिङ्ग, रियल इस्टेट, अटोमोबाइल, र अन्य सम्भावित उद्योगहरुमा लगानी गर्ने लक्ष लिएको बताए । 

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंंघका अध्यक्ष रवी सिंह, वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, सल्लाहकार विकास बज्राचार्य, सल्लाहकार अजय पाण्डे, सञ्चालक अनिल साह, प्रमुख कार्यकारी अधिकृत उमेश बरालले ग्रुपको आवश्यकतमाथि चर्चा गरे । 

भक्तपुरका प्रतिष्ठित व्यापारीहरूको सामूहिक प्रयासमा सुरु भएको स्काई ग्रुपले देशका विभिन्न व्यापारिक केन्द्रका स्थापित व्यवसायीलाई समावेश गरी ग्रुप बनाएको हो । ग्रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, भरतपुरलगायत स्थानका करिब एक सय व्यवसायी सहभागी छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी