१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रम स्वीकृतिका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हट्याे

२ असार २०७९, बिहीबार ०२:२९

असार २, भैरहवा | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने बताएका छन् । 

बुधबारबाट भैरहवामा संचालनमा आएको वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्न रुपन्देही पुगेका मन्त्री श्रेष्ठले भने ‘ म जे बोल्छु त्यही गर्छु, गर्न सक्ने मात्र बोल्छु । सोझासाझा श्रमिकलाई ठगेर विदेश बस्ने दलालमाथि कानुनी कारवाही हुन्छ ।´

‘सोझासाझा नागरिकलाई ठगेर विदेश गएर बस्ने दलालहरुले अब ठगी गर्न नसोचे हुन्छ, हामी ठगी गर्न दिदैनौँ’, उनले चेतवानी दिँदै भने, ‘ठगी गरेर विदेश जाने दलालहरुलाई विश्वको जुनसुकै कुनामा भए पनि घिसारेर ल्याउँछौँ ।’ 

‘विदेश पठाउने भन्दै ठगहरुले हाम्रा दाजुभाइलाई ठगिरहेका छन्, अब त्यस्ता ठगहरुलाई ठग्न दिइने छैन’, मन्त्री श्रेष्ठले भने, ‘कतिपय ठगेर विदेशमा गएर बस्ने गरेका छन्, हामीले त्यस्ता ठगलाई जहाँ भए पनि ल्याएर कारवाही गर्छौं ।’ उनले ठगहरुविरुद्ध प्रहरी मार्फत रेड कर्नर नोटिस जारी गराएर विदेशमा लुकेर बसेकाहरुलाई स्वदेशमा ल्याउन लागेको जनाए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यो कार्यालय स्थापना हुनुपर्छ भन्ने ठूलो आवाज थियो ।  शाखा संचालनमा आए पछि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिका लागि काठमाडाैं जानुपर्ने बाध्यता हटेको छ ।र श्रेष्ठले जिल्ला प्रशासन कार्यालय अगाडि भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गरेका हुन् । कार्यालयमा शाखा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा काम सुरु भएको छ । 

भैरहवामा अब अन्य पूर्वाधार, भिसा सेन्टर, मेडिकलको व्यवस्था लगायत काम हुने गरी लाग्ने बताए । विमानस्थलबाट व्यवसायिक उडान सुरु भएको दुई महिनापछि श्रमस्वीकृति दिने उद्देश्यसाथ कार्यालय स्थापना भएको छ यसले नरायाण्ी वारीसँगै लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेशका केही जिल्लाहरुका नागरिकलाई पनि सेवा लिन सहज हुनेछ । 

शाखा स्थापना भएपछि भीसा सेन्टरका लागि पनि सम्बन्धित देशका राजदुतावास मार्फत कुटनीतिक पहल भइरहेको मन्त्रलायले जानकारी दिएको छ । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड