2026-10-12 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू मर्ज हुँदै, ३४ अर्ब पुँजीकाे सबैभन्दा ठूलो बैंक बन्ने

असार २, काठमाडौं | ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एकआपसमा मर्ज हुने भएका छन् । आज (बिहीबार) यी दुवै बैंकबीच मर्जका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मर्जर सम्झौता भएसँगै यी दुवै बैंकको शेयर दोस्रो बजारमा कारोबार रोक्का गरिएको छ । दुई ठूला बैंकहरूबीच भएको यो ‘बिग मर्जर’ सम्झौताले नेपाली बैंकिङ क्षेत्रमा तरंग ल्याएको छ । बैंकहरुको संख्या घटाउने र बिग मर्जरमा लैजाने केन्द्रीय बैंकको नीति रहेसँगै यस मर्जरले अन्य बैंकहरुबीचको बिग मर्जरको ढोका समेत खुलेको छ ।

मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम भने ‘ग्लोबल आइएमइ बीओके’ बैंक रहने बताइएको छ । साथै प्रमुख कार्यकारी अधिकृत (सिइओ) भने हाल ग्लोबल बैंककै सिइओ रत्नराज बज्राचार्य रहनेगरी सम्झौता भएको छ ।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ छ भने बैंक हफ काठमाण्डौको चुक्ता पुँजी १० अर्ब ६३ करोड ३९ लाख ९४ हजार रुपैयाँ रहेको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ, जुन पुँजीका हिसाबले नेपालकै सर्वाधिक ठूलो बैंक हुनेछ ।

मर्जरमा दुवै बैंकको समान हैसियत हुने बताइएको छ । स्वाप रेसियो पनि १ः१ अनुपातमा कायम रहने समझदारी भएको छ । मर्जरपछि बन्ने बैंकको पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी