2026-10-12 08:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेंसीसहर नगरपालिकाद्वारा ७५ करोड ५३ लाख बजेट पेस

असार ११, लमजुङ | लमजुङ सदरमुकाम बेसीशहरमा रहेको बेसीशहर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ५३ लाख ३ हजार रुपैयाँको बजेट नगरसभामा पेस गरेको छ । 

नगर उपप्रमुख पदमा गुरुङले शुक्रबार बेंसीसहरमा आयोजित ११औँ नगरसभामा आर्थिक वर्ष २०७९र०८० का लागि बजेट पेस गरेकी हुन्।

नगरपालिकाले चालुतर्फ १३ करोड अर्थात १७ दशमलब २१ प्रतिशत बजेट विनियोजन गरेको छ। पूँजीगततर्फ २५ करोड ९४ लाख ३ हजार अर्थात ३४ दशमलब ३४ प्रतिशत बजेट विनियोजन गरेको छ । बजेटमा सशर्ततर्फ २९ करोड ९ लाख अर्थात ३८ दशमलब ५१ प्रतिशत बजेट प्रस्ताव गरिएको छ । समपुरक, विशेष र अन्य गरी ७ करोड ५० लाख अर्थात् ९ दशमलब ९३ बजेट प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा २ करोड ८७ लाख ६२ हजार अर्थात् ३ दशमलब ९३ प्रतिशतले बढी हो । आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोत तथा स्थानीय राजश्वबाट ८ करोड ५६ लाख ८१ हजार, संघीय र प्रदेश राजश्व बाँडफाँटबाट १३ करोड ५० लाख ७२ हजार, संघीय र प्रदेश समानीकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघीय र प्रदेश सशर्त, समपुरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

उनका अनुसार नगरसभामा पेस गरिएका नीति तथा कार्यक्रम र बजेटलाई छलफल गरेर आगामी २४ गते बस्ने बैठकले पास गरिनेछ । सभालाई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी