2026-11-01 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिलाशैनी गाउँपालिकाकाे बजेट सवा ६२ करोड, प्राथमिकतामा कृषि र स्वास्थ्य

असार १८, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९/८०को बजेट सार्वजनिक गरेको छ । पालिकाले आर्थिक बर्ष ०७९/८० का लागि ६२ करोड ३५ लाख ५९ हजार रकमको बजेट ल्याएको हो । 

बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेकाे गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट(यदु)ले बताए । उनले भने, ‘हामीले बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेका छौँ । कृषि र पशु पालनलाई व्यवसायीकरण गरेर नागरिकको आर्यआर्जन वृद्धि गर्न बजेट छुट्याएका छौँ ।’ आर्थिक विकासको योजनालाई प्राथमिकता दिएको उनले बताए । 

गाउँपालिकामा चिकित्सकीय सेवा प्रदान गर्न एक जना डाक्टर र एक जना जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिने बजेटमा उल्लेख छ । माध्यमिक तहका १२ ओटै विद्यालयमा एक एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । विद्यालयमा स्वास्थ्यकर्मी कार्यक्रमअन्तर्गत विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गरिने समेत उल्लेख छ । यसैगरी, स्वास्थ्य स्वयसेविकाहरूलाई विशेष भत्ता सुविधासहित परिचालन गर्ने कार्यक्रम बजेटमा उल्लेख रहेको छ ।

जेष्ठ नागरिकका गुनासा, अनुभव र सुझाव ग्रहण गर्न ‘बाजेको अर्ति’ कार्यक्रम राखिएको छ । यसैगरी, युवासँग अध्यक्ष कार्यक्रम समावेश गरिएको छ । 

गाउँपालिकाको पारदर्शिताका लागि सूचना प्रविधिको विकास गर्न भन्दै एफएम रेडियो र पत्रिका सञ्चालन गर्ने कुरा बजेटमा उल्लेख छ । सहिद परिवारलाई मासिक तीन हजार रकम भत्ता दिने कार्यक्रम तय गरिएको छ । गाउँपालिका स्तरीय कृषि नर्शरी स्थापना गर्ने, कृषक संग कृषि प्राविधिक कार्यक्रम सञ्चालनमा ल्याए उत्पादमा वृद्धि गर्ने कार्यक्रम तय गरिएको छ । 

पशुपालनतर्फ बाख्रा पालन, कुखुरा तथा कालिज पालन र माछा पालन गर्ने कृषकका लागि बजेटको व्यवस्था गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द