<p><b>असार २४, काठमाडौं |</b> नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । <br></p><p>बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।</p><p>बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला ११ सय ८५ रुपैयाँ कायम थियो ।</p>
सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो




