२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७९, ५ श्रावण बिहीबार ०७:०८

साउन ५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १२७ रुपैयाँ ६९ पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७५ पैसा रहेको छ।  

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ र बिक्री दर १५३ रुपैयाँ ७२ पैसा रहेको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १३ पैसा र बिक्री दर ९९ रुपैयाँ ५९ पैसा रहेको छ । त्यसैगरी जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा रहेको छ । 

त्यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ९ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा छ ।  साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३४ रुपैयाँ १५ पैसा छ भने  

मलेसियन रिङ्गिट १ को  खरिदमूल्य २८ रुपैयाँ ६८ पैसा र बिक्रीदर  २८ रुपैयाँ ८२ पैसा छ भने युएई दिर्हाम १ को  खरिदमूल्य ३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९३ पैसा तोकिएको छ । 

त्यस्तै, कुवेती दिनार एकको खरिद दर ४१४ रुपैयाँ ८३ पैसा र बिक्री दर ४१६ रुपैयाँ ७८ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ०७ पैसा र बिक्री दर ३५ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला