साउन ९, काठमाडौँ | सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एकसय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घट्दै ९४ हजार ४ सय रुपैयाँमा झरेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्यपनि तोलामा एकसय रुपैयाँले नै घट्दै ९३ हजार ९ सय रुपैयाँमा झरेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य भने आइतबारकै मूल्यमा कायम हुँदै प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तोलामा १ सयले घट्यो सुनको भाउ
Leave a Comment