पढ्न करिब 1 मिनेट लाग्छ

साउन १२, काठमाडौं | सुनकाे मूल्य बढेकाे छ । बुधबारकाे तुलनामा बिहीबार सुनकाे मूल्य प्रतिताेलामा ८०० रुपैयाँले बढेकाे हाे ।

बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।