2026-10-12 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढ्यो, अन्य देशको कति पुग्यो?

साउन २०, काठमाडौँ | नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य १२६ रुपैयाँ ९६ पैसा रहेको डलरको भाउ बढेर एकको खरिदमा १२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा १२७ रुपैयाँ ४५ पैसा रहेको छ । 

त्यस्तै, यसअघि एकको खरिददर १२८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२९ रुपैयाँ २९ पैसा रहेको युरोपियन युरो आज बढेर खरिदमा १२९ रुपैयाँ २६ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८७ पैसा पुगेको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ०३ पैसा रहेको छ । यसअघि एकको खरिददर ८७ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ९१ पैसा रहेको अष्ट्रेलियन डलरको भाउ आज बढेको हो । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४१ पैसा, र सिङ्गापुरे डलर एकको खरिददर ९२ रुपैयाँ र बिक्रीदर ९२ रुपैयाँ ४४ पैसा रहेको छ । 

जापानिज येनको भाउ भने घटेको छ । यसअघि १० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको जापानिज येन आज १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ । 

साउदी अरेवियन रियाल र कतारी रियालको विनिमयदर पनि बढेको छ । यसअघि एकको खरिददर ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा रहेको साउदी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, यसअघि कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा रहेकोमा आज बढेर एकको खरिदमूल्य ३४ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७२ पैसा रहेको छ । 

त्यस्तै, युएई दिरहम एकको खरिदमा ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७० पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीमा २८ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वान १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी