२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

२०७९, २३ श्रावण सोमबार ०८:४६

साउन २३, काठमाडौँ | यतिबेला ६ वटा वाणिज्य बैंकहरूको आधार दर नै दोहोरो अंकमा पुगेको छ । बैंकहरुले सार्वजनिक गरेको असार मसान्तसम्मको चाैथाे त्रैमासिक वित्तीय विवरणअनुसार सबै वाणिज्य बैंककाे औसत आधार दर ९.४६ प्रतिशत पुगेको छ । जबकि २०७८ असार मसान्तसम्म यस्तो आधार दर ६.८९ प्रतिशत थियो । एक वर्षको अवधिमा आधार दर नै २.५७ प्रतिशत बिन्दुले बढेको छ ।असार मसान्तसम्मको वित्तीय विवरणअनुसार मेगा, सनराइज, सिटिजन्स, सेन्चुरी, सिभिल र कुमारी बैंकको आधार दर १० प्रतिशतभन्दा माथि छ । दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य र नेपाल बैंकको आधार दर भने सबैभन्दा कम ८ प्रतिशतमुनि छ । निक्षेपमा बैंकहरुले बचतकर्तालाई दिने ब्याजदरले नै आधार दर पनि बढ्ने हो । लगानीयोग्य रकम (तरलता) अभावका कारण निक्षेपको ब्याजदर तत्काल घट्ने अवस्था देखिँदैन । अर्कोतर्फ १ वर्ष अघि मुद्दती निक्षेपमा रहेको रकम अब परिपक्व भई नवीकरण हुँदा बैंकहरुले दिने ब्याज धेरै हुन्छ, यसले आगामी महिनामा आधार दर अझै बढ्दै जानेछ । त्यसमाथि पनि निक्षेपको ब्याजदर थप बढ्न गएमा आधार दर अझै महँगिन जानेछ । सामान्यत: सबैभन्दा कम आधार दर भएको बैंक नै ऋण लिनेका लागि उपयुक्त हुन्छ ।

ऋण लिनेका लागि ब्याजदर निर्धारणको सबैभन्दा महत्वपूर्ण पक्ष पनि आधार दर हो । ऋण लिँदा कुन बैंकले कति ब्याजदर लिन्छन् भन्ने कुरा आधार दरले नै निर्धारण गर्छ । बैंकहरुले आधार दर बढेअनुसार नै ऋणको ब्याज पनि बेलाबेलामा बढाउँछन् । आधार दरमा भएको परिवर्तनअनुसार बैंकहरुले ३–३ महिनामा ऋणीका लागि ब्याजदर पुनरावलाेन गर्न सक्ने व्यवस्था छ। आधार दरमा निश्चित प्रिमियम जोडेर बैंकहरुले ऋणीका लागि ब्याजदर तोकिदिन्छन् । आधार दर बढे पनि प्रिमियम दर भने सुरुमा जति तोकिएको छ, त्यति नै स्थिर राख्नुपर्छ । प्रिमियम दर कति तोक्ने भन्ने सम्बन्धमा बैंकलाई निर्णय गर्न स्वतन्त्रता रहन्छ ।

यद्यपि केही क्षेत्रमा दिइने कर्जाको ब्याजदर भने आधार दरमा २ प्रतिशतसम्म मात्रै प्रिमियम थप्न पाउने व्यवस्था राष्ट्र बैंकले हालैको मौद्रिक नीतिमार्फत गरेको छ । २ करोडसम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय (आयातसम्बन्धी व्यवसाय बाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्रै प्रिमियम थप गरी ऋणको ब्याज तोक्नु पर्ने व्यवस्था छ । उदाहरणका लागि, कोही किसानले २ करोडमुनिको ऋण लिएर खाद्यान्न उत्पादन वा पशुपालन गर्न खोजेमा उसले ८ प्रतिशत आधार दर भएको बैंकबाट ऋण लिएमा २ प्रतिशत विन्दु प्रिमियम थपेर कुल ९ प्रतिशत मात्रै ब्याज तिर्नुपर्ने नीतिगत व्यवस्था छ ।

त्यस्तै लघुवित्तलाई दिने विपन्न वर्गको थोक कर्जा प्रवाह गर्दा पनि आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थप्न पाउने व्यवस्था छ । यीबाहेक व्यापारिक तथा अन्य प्रकृतिका कर्जामा भने आधार दरमा बैंकहरुले ६–७ प्रतिशतसम्म प्रिमियम दर जोड्ने गरेका छन् । प्रिमियम दर कति जोड्ने भन्ने सम्बन्धमा भने बैंकसँग ऋणीको सम्बन्ध, धितोको मूल्य, व्यवसायिक प्रकृति लगायतमा निर्भर रहन्छ । तसर्थ ऋण लिनेका लागि कम आधार दर भएको बैंक उपयुक्त मानिन्छ । आधार दरभन्दा कममा बैंकहरूले ऋण दिन पाउँदैनन् ।

यस्तो छ बैंकहरुको आधार दर (प्रतिशतमा)

बैंक

आधार दर,             ०७९ असार मसान्त

राष्ट्रिय वाणिज्य          ७.८६

नेपाल                  ७.९९

इन्भेस्टमेन्ट                 ८.५४

नबिल             ८.७७

स्टान्डर्ड चार्टर्ड          ८.८१

एभरेस्ट                  ८.८२

कृषि विकास         ८.९०

एनसीसी                  ९.२०

प्रभु                     ९.२४

एनआईसी एसिया             ९.२५

एनएमबी                 ९.३८

ग्लोबल आईएमई                  ९.४०

सिद्धार्थ                               ९.४५

एसबीआई                      ९.६१

सानिमा                        ९.७१

बैंक अफ काठमाण्डू          ९.८३

माछापुच्छ्रे                          ९.८६

हिमालयन                        ९.८८

प्राइम                            ९.९९

लक्ष्मी                            ९.९९

मेगा                            १०.०१

सनराइज                      १०.०१

सिटिजन्स                    १०.०९

सेन्चुरी                        १०.२३

सिभिल                            १०.४६

कुमारी                          १०.५७

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ