साउन २७, काठमाडौं | आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

हिजो विहीबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

हिजो विहीबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।