Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

७ सयबाट सुरु भएको सहकारीको कारोवार आधा अर्ब

२५ भाद्र २०७३, शनिबार १८:१२


प्रेम  सुनार | भदौ २५, गुल्मी । देशकै उत्कृष्ट सहकारीका रुपमा सम्मानित यहाँको एक सहकारी संस्था अहिले झण्डै ५० करोडको कारोवार गर्न सफल भएको छ । आज भन्दा २६ वर्ष अघि  तम्घासका रमेश थापा अध्यक्ष र सचिव मुुकुन्दहरी गौतम सचिव सहित २६ जनाले मासिक ३० रुपैयाँका दरले जम्मा ७ सय २० रुपैयाँबाट सुरु गरेका थिए ।

जति वेला यहाँका कतिपयलाई सहकारी भनेको के हो ? भन्ने कुरा समेत थाह थिएन्  संस्थापक सचिव गौतमले भने आज २४ ÷२५ करोडको कारोवार गर्ने अवस्थामा आई पुगौंला भनेर कल्पना समेत गरेका थिएनौं ।’  २०६३ सालमा  देवबहादुर वस्नेत अध्यक्ष रहेको बेला राष्ट्रिय सहकारी संघले लेकाली स्वाबलम्वन ऋण तथा बचत सहकारी संस्थालाई देशकै उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत गरेको थियो ।

व्यवस्थीत र बैंकिङ्ग सेवा सहित सदरमुकाम तम्घासमा सञ्चालित यस सहकारीमा १६ सय शेयर सदस्य र नावालक सदस्य ७ सय ११ रहेका छन् । २६ वर्ष अघि गठन भए पनि २०४८ सालमा दर्ता भएको यस सहकारीले शनिवार २४ औं वार्षिक  साधरण सभा सदरमुकाममा भव्य रुपमा सम्पन्न गरेको छ ।

साधरण सभामा सचिवको प्रतिवेदन प्रस्तुत गदै सचिव भुवनप्रसाद अर्यालले यस आर्थिक वर्ष २०७२ ÷०४७ मा ४९ करोड ५९ लाख  ३३ हजार ४ सय १७ रुपैयाँ ८० पैसा कुल कारोवार भएको जानकारी दिए । उनले सम्पत्ती दायित्य तर्फ यस आर्थिक वषमा २४ करोड ७२ हजार ६ सय ४९ रुपैयाँ  ४१ प्पैसा रहेको बताए ।

कोषाध्यक्ष गणेश श्रेष्ठको प्रतिवेदनमा  यस आर्थिक वर्षमा व्याज आम्दानी ऋण लगानीबाट २ करोड २२ लाख ४५ हजार ४ सय ४१ भएको उल्लेख छ । बैकबाट प्राप्त व्याज मात्रै यस वर्ष १३ लाख २२ हजार ८ सय ३५ रुपैया १३ पैसा भएको छ । यस आर्थिक वर्षमा ७ सय ७३ जना सदस्यलाई २० करोड ८६ लाख ४० हजार ऋण लगानी गरिएको अध्यक्ष गोपला प्रसाद पन्थीले जानकारी दिए ।

यस आर्थिक वर्षमा ६ सय ३६ जना सदस्यहरुबाट  १५ करोड १२ लाख ११ हजार ८ सय १०  रुपैयाँ ऋण अशुली भएको  उनले बताए ।  यस सहकारी संस्थाले  गरिव विपन्न, असाहय र एकल महिलाहरुलाई आत्मानिर्भर बनाउनका लागि ऋण लगानीलाई बिेशेष प्राथामिकता दिने गरेको छ । यसबाट यहाँका थुप्रै त्यस्ता वर्गहरु उन्नतीको मार्गमा हिड्न थालेका छन् ।  जिल्ला न्यायधिश मातृकाप्रसाद मरासनीनले उद्घाटन गरेको साधरण सभामा उनले यस सहकारीले गरेको प्रगतीको खुलेर चर्चा गरे । उनले भने प्रतिवेदनमा यस सहकारीको प्रगती विवरण देख्दा म सहकारी प्रति निकै उत्साहित भएँ,  यहाँहरुलाई बधाई छ ।’

साधरण सभामा   प्रवेशिका परिक्षा र स्नातकमा उत्कृष्ट नतिजा लिएर उर्तिण हुने  शेयर सदस्यका छोरा छोरी , बृद्धा–बृद्धा , एकल महिला, ऋण लिएर उत्कृष्ट व्यवसाय गर्ने शेयर सदस्य र सञ्चार क्षेत्रबाट सहकारी विकासमा महत्व पुर्ण योगदान पुराउने लगायतलाई सम्मान समेत गरिएको छ ।


यो सहकारी जिल्लाको  सवै भन्दा पुरानो  अनुशरणीय सहकारी मानिन्छ । यसले आफ्ना शेयर सदस्यलाई मात्र फाईदा पुराएको छैन् राज्यको  समेत आम्दानीको श्रोत बनेको छ । यस वर्ष मात्रै राज्यलाई उसले १३ लाख २ हजार ८ सय ६० रुपैयाँ कर तिरेको छ । साधरण सभामा विभिन्न सहकारी  तथा अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष गोपालप्रसाद पन्थीको अध्यक्षतामा  सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष गोपालप्रसाद पाण्डेको स्वागत मन्तव्य र सचिव भुवनप्रसाद अर्यालको सञ्चालन रहेको थियो । उद्घाटन सत्र सकिए लगत्तै  बन्द सत्र सुरु हुने अध्यक्ष पन्थीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो