<p><b>भदौ ७, काठमाडौँ | </b>साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९५ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३ सयले घटेर ९५ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।<br></p><p>यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।</p><p>यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपियाँले घटेर १ हजार १ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।</p>
