2026-10-12 05:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चिनियाँ नाकामा रोक्किएका कन्टेनर दशैंअघि नै पठाइदिने लीको आश्वासन

भदौ २८, काठमाडौँ | नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष (सभामुख) ली झाङ्सुले सभामुख अग्नि सापकोटासँगको कुराकानीमा नेपाल–चीन बीचको व्यापारिक नाकामा रोक्किएका कन्टेनर खुल्ला गरिदिने आश्वासन दिएका छन् । 

दशैंको मुखमा आयात गर्न लागिएका करोडौं मूल्यका सामान सीमापारी चीनले रोकिदिएपछि व्यवसायीले चाँडै कुटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारलाई दबाब दिँदै आएका थिए । 

लीले ​कोरोना महामारीका कारण तिब्बतमा रोक्किएका सबै कन्टेनर दसैँअघि नै नेपाल आउन दिने बताएका हुन् । कुल ६७ सदस्यीय जम्बो टोलीसहित सोमबार नेपाल आएका उनले शीर्ष नेताहरुलाई भेटिरहेका छन् । 

चीनले सामान आयातमा अघोषित नाकाबन्दी गरेको भन्दै चाँडै नाका सुचारु गराउन माग गर्दै आएका थिए । नेपालमा पछिल्लो समयमा पश्चिमा गतिविधि बढेपछि नेपालसँग असन्तुष्ट रहँदै आएको थियो । सीमामा भइरहेको अवरोध पनि त्यसैको प्रतिक्रियाको रुपमा हेरिएको थियो । 

वार्तामा सीमा नाका र तिब्बतका विभिन्न ठाउँमा रोक्किएका कन्टेनर नेपाल पठाइदिन आग्रह गरेपछि जनकंग्रेस अध्यक्ष लीले सकारात्मक जवाफ दिएको सापकोटाको सचिवालयले जनाएको छ ।

यसअघि भन्सार विभागका सूचना अधिकारी तथा निर्देशक पुण्यविक्रम खड्काले चीनतर्फ रोक्किएका सयौं कन्टेनरहरु सम्बन्धित निकायको पहलमा चाँडै सूचारु हुने बताएका थिए । उनले संक्रमणका बेला आउजाउ नभएको अवस्थामा व्यापार व्यवसाय बन्द हुनु स्वभाविक भएको बताउँदै रोक्किएका कन्टेनर दसैं अगाडि नै खुलाउन पहल भइरहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी