2026-10-12 04:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई महिनामा ११६ भन्दा बढी देशसँग नेपालको वैदेशिक व्यापारः २१ देशसँग नाफा, ११६ देशसँग घाटामा

असोज ९, काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालले विश्वका १२१ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ । 

भन्सार विभागले आज सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार सो अवधिमा वैदेशिक व्यापार भएकामध्ये ११६ देशसँग घाटा रहेको छ । मात्र २१ देशसँग नेपालको वैदेशिक व्यापार नाफामा रहेको विभागले जनाएको छ । 

गत साउन र भदौ महिनामा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात र २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । बितेका दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ रहेको छ । 

विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, जोर्डन, युनाईटेड अबर इमिरेट्स, बेल्जियम, ओमान, अष्ट्रेलिया, भियतनाम, थाइल्याण्ड, मलेसिया, फ्रान्स, बंगलादेश, युक्रेन, दक्षिण कोरिया, साउदी अरेबिया, सिंगापुर, ब्राजिल र टकी रहेका छन् । 

यस्तै, स्वीट्जरल्याण्ड, कतार, क्यानडा, ताइवान, दक्षिण अफ्रिका, पोल्याड, जर्मनी, पराग्वे, इटाली, भुटान, अमेरिका, इजरायल, नेदरल्याण्ड्स, न्युजल्याण्ड, जापान, तान्जानिया, फिलिपिन्स, मेक्सिको, लिथुवानिया, मोजाम्बीक, आयरल्याण्ड, रुस, पाकिस्तान, इथियोपिया, नाइजेरिया, कुवेत, चिली, चेक रिपब्लिक, स्पेन, ग्वाटेमाला, म्यानमार, इजिप्ट, ग्रिस, बहराइन र स्वाजील्याण्डसँग पनि नेपालको व्यापार घाटा रहेको छ । 

भेनेजुयला, फिनल्याण्ड, गाबोन, युगाण्डा, मादागास्कर,  बुल्गेरिया, सर्विया, केन्या, श्रीलंका, हंगेरी, डोमेनिकन रिपब्लिक, रोमानिया, कोस्टारिका, पेरु, कजाकास्तान, स्लोभाकिया, मंगोलिया, पपुवा न्युगिनी, मोरक्को, यमन, इरान, नामिबिया, ग्रेनाडा, सर्विया, ट्युनिसिया, सियरा लियोन, बेलारुस, सुरीनेम, जर्जिया, साइप्रस, माल्टा, जमैका, माल र बु्रनाईसँग पनि नेपालको व्यापार घाटा रहेको विभागको तथ्याङ्कले देखाउँछ । 

विभागका अनुसार नेपालको व्यापार नाफा रहेका देशमा बोलिभिया, इराक, एंगोला, सुडान, लाट्भीया, मोनाको, क्रोयसिया, लेबनान, इस्टोनिया, मौरिसस्, आइसल्याण्ड, पोर्चुगल, स्लोभेनिया, न्यु कलेडोनिया, स्वीडेन, बेलायत, उरुग्वे, अष्ट्रिया, नर्वे र कम्बोडिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी