2026-10-12 04:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो

असोज ९, काठमाडौं | चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा भारतबाट नेपालमा ४१ अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ । 

भन्सार विभागका अनुसार २०७९ साउन र भदौ महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपालले आयात गरेको हो। 

सो अवधिमा कुल ४१ अर्ब ३ करोड १३ लाख २७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको छ । 

बितेका दुई महिनामा भारतबाट १८ अर्ब ४२ करोड १५ लाख २४ हजार रुपैयाँको डिजेल, १२ अर्ब १८ करोड ९४ लाख ६२ हजार रुपैयाँको पेट्रोल र १० अर्ब ४२ करोड ३ लाख ४१ हजार रुपैयाँको एलपी ग्यास नेपाल आएको छ । 

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिना (साउन र भदौ)मा भारतबाट नेपालले ३० अर्ब ५० करोड ७७ लाख ८९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौमा नेपालले भारतबाट १० अर्ब ५२ करोड ३५ लाख ३८ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी