<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>

2026-09-21 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कच्चा तेलको भाउ घट्दो, १६ असोजपछि पेट्रोलियम पदार्थ मूल्य घटाउन सकिनेमा निगम ‘आशावादी’

असोज १०, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो क्रममा रहँदै युक्रेन युद्ध सुरु भएको फेब्रुअरी महिनाअघिकै अवस्थामा पुगेपछि नेपालमासमेत नयाँ मूल्य सूची आउँदा मूल्य घट्नेमा “आशावादी हुन सकिने धेरै सम्भावना देखिएको” नेपाल आयल निगमका प्रवक्ताले बताएका छन्। 

नियमित प्रक्रिया अन्तर्गत असोज १६ गते इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगम (एनओसी)लाई नयाँ मूल्य सूची पठाउँछ। 

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भने, “अन्तर्राष्ट्रिय बजारको पछिल्लो क्रम घट्दो छ र अबको मूल्य सूची घटेर आउने अवस्था हामीले समेत देखेका छौँ।”

यसअघि पनि आईओसीबाट पेट्रोल र डिजेलका मूल्य केही घट्दै आएको थियो। तर निगमले ‘यसअघिकै उच्च घाटा कायम रहेको’ भन्दै मूल्य घटाएको थिएन।

आधार: आईओसीले पठाउने मूल्य सूची

निगमले आफूले कति मूल्य घटाउन सक्ने भन्ने कुरा मुख्य रूपमा आईओसीले पठाउने मूल्यसूचीका आधारमा निर्धारण गर्न सक्ने जनाएको छ।

निगमका अधिकारीहरूले यसअघि नै कच्चा तेलको मूल्य घट्दो क्रममा रहँदा पनि ‘प्रशोधन खर्च पाँच गुणाभन्दा धेरै बढाइएकाले’ मूल्यलाई कच्चा तेलको दरले मात्र निर्धारण गर्न नसकिएको बताउँदै आएका थिए। 

“खासगरी माग र आपूर्ति चक्र बिथोलिँदा प्रशोधनकर्ताहरूको त्यस्तो कदमले संसारभर डिजेल र पेट्रोलको मूल्य बढेको थियो। अब त्यसमा सुधार हुने अवस्था देखा पर्न थालेको छ,” प्रवक्ता उपाध्यायले भने। 

“आईओसीले लगातार घटिरहेको अन्तर्राष्ट्रिय बजारको दरलाई हेरेर प्रशोधित पदार्थको दरमा पुन:विचार गर्ने आशा छ।”

निगमलाई आर्थिक दबाव ‘कायमै’

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजेलको १७२ रुपैयाँ रहेको छ।  

यसअघि सेप्टेम्बर १६ मा आईओसीले पठाएको मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर ६.५५ रुपैयाँ तथा डिजेलमा ४२ पैसाले मूल्य घटेर आए तापनि निगमले समायोजन गरेको थिएन।

“अहिले पनि हामीसँग १८ करोड रूपैयाँजति मासिक घाटा रहेकोले त्यसबेला समायोजन नगरिएको हो,” उपाध्याय भन्छन्। 

यसअघि आईओसीलाई बक्यौता तिर्न नसक्ने अवस्था आएपछि निगमले सरकारसँग सात अर्ब र राष्ट्रिय वाणिज्य ब्याङ्कसँग ३ अर्ब रुपैयाँ ऋण लिएको थियो।

युद्ध सुरु भएपछिको दश दिनमा नेपालमा पेट्रोलको मूल्य १५० रुपैयाँ पुर्‍याइएको थियो भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १३३ तोकिएको थियो। 

‘अकल्पनीय वृद्धि’

प्रवक्ता उपाध्यायले युक्रेन युद्ध सुरु भएपछिको यसबीचमा कैयौँ पटक “अकल्पनीय दरमा” मूल्य बढाउनुपरेको बताउँछन्। 

“उच्च मूल्य बढेको यसबीचको अवस्थामा निगम मासिक १० अर्ब रुपैयाँसम्म घाटामा गएको थियो। अहिले पनि हामी वार्षिक १ अर्ब ६५ करोड रूपमा तिर्नुपर्ने दायित्वको ब्याज मात्र तिर्नुपर्ने अवस्थामा छौँ।”

एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रूड’को मूल्य २४ फेब्रुअरीमा युक्रेन युद्ध सुरु हुनुअघि प्रतिब्यारल झण्डै ९० अमेरिकी डलर थियो। 

मार्च महिनाको पहिलो साता १४ वर्षयताकै उच्च विन्दूमा अर्थात् कच्चा तेल प्रतिब्यारल १४० अमेरिकी डलर पुगेको थियो। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो