2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैरहवाबाट उडान नगरेपछि हिमालय र नेपाल एयरलाइन्सको काठमाडौंबाट हुने उडान कटौती

कात्तिक १३, काठमाडौँ । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरिदिएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने गरी तालिका नबनाएको भन्दै सरकारले एयरलाइन्सको उडाननै कटौती गरिदिएको हो । 

नियम अनुसार त्रिभुवन विमानस्थलबाट दैनिक प्रति तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले कम्तीमा एउटा उडान भैरहवा विमानस्थलबाट पनि गर्नुपर्ने हुन्छ । तर भैरहवाबाट उडान भर्न फाइदा नभएपछि हिमालय र नेपाल वायुसेवा निगमले भैरहवाबाट उडान गर्ने गरी नयाँ तालिका बनाएनन् । त्यसै नियम उलंघन गरेको कारवाही स्वरूप प्राधिरकणले आइतबार नेपाल वायुसेवा निगमको दिल्लीमा हुने उडान रोकिदिएको छ । हाल नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स सहित विदेशी एयरलाइन्सहरु एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेजले त्रिभुवन विमानस्थलबाट दैनिक तीनभन्दा बढी उडान भर्दै आएका छन् । 

यसमा बिदेशी एयरलाइन्सहरुको लागि भने भैरहवाबाट उडान अनिवार्य भर्ने मिति केहि पछि सारिएको छ । दैनिक तीन भन्दा बढी उडान भर्ने बिदेशी एयरलाइन्सहरुले भैरहवाबाट पनि एक उडान अनिवार्य भर्नुपर्ने मिति २०२२, १५ डिसेम्बर सम्मको लागि सारिएको छ तर नेपालको राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई भने आजैदेखि यो नियम लगाइएको छ । नेपाली एयरलाइन्सहरुले नियम नमानी तालिका बनाएपछि प्राधिकारणले दुवै एयरलाइन्सको उडानमा कटौती गरिदिएको हो । प्राधिकारणले बनाएको नियमलाई मिचेपछि उनीहरुले अटेरी गरेको भन्दै उडान कटौती गरेको हो ।

अहिले भैरहवा स्थित विमानस्थलमा जजिरा एयरलाइन्सले कुवेतबाट साताको ३ वटा मात्रै उडान गरिरहेको छ । बाध्यकारी नियम बनाइएपछि अब वैदेशिक रोजगारमा जानेहरुले भैरहवाबाट पनि उडान भर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई