शुक्रबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य,कतिमा हुँदै कारोबार ?

साझासवाल
1 Min Read

कात्तिक २५, काठमाडौँ | साताको कारोबारको अन्तिमदिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ हजार ३ सय रुपियाँले बढेर ९६ हजार ७ रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार २ सय रुपियाँ रहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा १० रुपियाँले बढेर १२ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply