2026-10-12 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

५० करोड आम्दानी गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लक्ष्य

कात्तिक २७, काठमाडौँ | गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको चाप बढ्न थालेको छ। सञ्चालनको ५ महिनासम्म जजिरा एयरको मात्र उडान हुने गरेको थियो। अहिले हिमालयनले चार्टर्ड उडान सुरु गरेको छ। प्राधिकरणले हालै नेपाल एयरलाइन्स र हिमालयन एयरलाई भैरहवाबाट पनि उडान भर्न निर्देशन दिएको थियो। 

शुक्रबार ३ उडान भए। जजिरा एयरको १ र हिमालयन एयरको २ चार्टर्ड उडान। हिमालयनले कात्तिक १७ बाट चार्टर्ड उडान सुरु गरेको हो। काठमाडौं–क्वालालम्पुर सीधा उडान गरिरहेको गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक गोविन्द दाहालले बताए। नियमित उडान नभएकाले हिमालयनले अहिले मलेसियाको क्वालालाम्पुर जाने यात्रुलाई काठमाडौंबाट बसमा भैरहवा पुर्‍याउने गरेको छ। काठमाडौंबाट प्रत्येक उडानमा १ सय ७० यात्रु बोकेर जाने गरेको छ। चार्टर्ड भएकाले क्वालाम्पुरबाट भने रित्तै फर्किने गरेको छ। 

हिमालयनले नियमित उडानका लागि तयारी गरिरहेको छ। भैरहवामा कार्यालय स्थापना गरिसकेको छ। विस्तारै चहलपहल सुरु हुन थालेको महाप्रबन्ध कदाहाल बताउँछन्। नेपाल एयरलाइन्सले पनि एक महिनाभित्र उडान सुरु गर्नेछ। कुन रुटमा उडान सुरु गर्ने भन्ने तय भइसकेको छैन। सम्बन्धित मुलुकसँग हवाई रुटसम्बन्धी सम्झौता प्रक्रियामा रहेकाले हिमालयनले चार्टर्ड उडान गरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए। स्थायी नहुन्जेल अस्थायी उडान तालिका दिने उनले बताए।

कुवेत एयर, एयर अरेयिबा, फ्लाइ दुबई र कतारले पनि केही दिनमा नै भैरहवाबाट उडान सुरु गर्ने दाहालले बताए। प्राधिकरणले डिसेम्बरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विदेशी एयरलाइन्सलाई पनि भैरहवाबाट उडान गर्न भनेको छ। प्राधिकरणले भैरहवा उडान आकर्षित गर्नका लागि नै गत भदौबाट नै ग्राउन्ड ह्यान्डलिङ र ल्यान्डिङमा छुट दिएको छ। यो छुटअनुसार प्रत्येक ल्यान्डिङ र ग्राउन्ड ह्यान्डलिङमा वायुसेवा कम्पनीले साढे २ लाखसम्मको छुट पाउने गर्छन्। भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्दा यात्रु शुल्कबापतको ३ हजार रुपैयाँ भने व्यहोर्नु पर्नेछ। 

विमानस्थलले दैनिक कम्तीमा ५ उडान गर्ने हो भने खर्च धान्न सक्ने दाहाल बताउँछन्। सञ्चालनको ५ महिनामा झन्डै १ सय १५ अन्तर्राष्ट्रिय उडान भएको छ। यति उडानमा २५ हजार यात्रुको आगमन भएको विमानस्थलको तथ्यांक छ। अन्तर्राष्ट्रिय उडानबबाट भैरहवाले ३ महिनामा ३ करोड रुपैयाँ कमाएको छ। आन्तरिक र अन्तर्राष्ट्रिय गरी चालू आर्थिक वर्षको अन्त्यसम्म करिब ५० करोड आम्दानी गर्ने लक्ष्य छ। श्रमको समस्याका कारण केही अप्ठ्यारो परे पनि अब यो पनि समाधान हुने महाप्रबन्धक दाहाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी