2026-10-12 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकी ‘करेन्सी सूची’ बाट भारू बाहिरिएपछि नेपाली मुद्रा पनि बलियो बन्दै

कार्तिक २७, काठमाडौँ | गत शुक्रबार अमेरिको डिपार्टमेन्ट अफ ट्रेजरीले भारतीय मुद्रा (भारू) लाई ‘करेन्सी लिष्ट’बाट निकालेसँगै अमेरिकी मुद्राको तुलनामा भारू बलियो भएको छ। 

भारू बलियो हुँदा नेपाली मुद्रा समेत बलियो भएको हो। भारतीय मुद्रासँग नेपाली मुद्रा ‘पेग्ड’ गरिएको छ। अर्थात् भारूको विनिमय दरमा हुने उतारचढाव अनुसार नै नेपाली मुद्रा पनि घटबढ हुने गर्छ।

अमेरिकाले भारत सहित इटाली, मेक्सिको, थाइल्याण्ड र भियतनामको मुद्रालाई पनि यस्तो सूचीबाट हटाएको छ। 

मुद्रामा छेडखानी गरिएको भन्दै यसअघि यी मुलुकका मुद्राहरू निगरानीको सूचीमा राखिएको थियो। यी मुलुकले तीन मध्ये एक मापदण्ड मात्र पूरा गरेकोले अमेरिकाले यो सूचीबाट बाहिर राखेको हो। 

चीन, जापान, कोरिया, जर्मनी, मलेसिया, सिंगापुर र ताइवान अहिले पनि यो सूचीमा छ। 

व्यापारमा लाभको लागि मुद्रामा छेडखानी गर्नेहरूलाई अमेरिकाले यस्तो सूचीमा राख्ने गर्छ। 

आफ्नो मुद्राको विनिमय दर कमजोर राखि राखेर व्यापारबाट लाभ लिन यस्तो छेडखानी गर्ने मानिन्छ। विनिमय दर कम राख्दा निर्यात गर्ने मुलुकहरूको लागत कम पर्छ। 

यो सूचीबाट भारू हटेसँगै डलरको तुलनामा भारूको विनिमय दरमा सुधार हुने अपेक्षा गरिएको छ। 

अमेरिकाले आफूसँगको दुईपक्षीय व्यापारमा १२ महिनामा २० अर्बभन्दा बढीको व्यापार गर्ने मुलुक भएमा, सो मुलुकको चालु खाता सोही मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा दुई प्रतिशतभन्दा बढी भएमा र मुद्रामा एकपक्षीय हस्तक्षेप गरिएमा यो सूचीमा राखिने गरिन्छ। 

मुद्रामा एकपक्षीय हस्तक्षेप भन्नाले जिडिपीको दुई प्रतिशतभन्दा बढी विदेशी मुद्रा खरिद गरेर कुनै मुलुकले आफ्नो मुद्रा बलियो बनाइराख्नुलाई बुझिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी