2026-10-12 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन

कात्तिक ३०, बागमती । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । तीन महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक सात सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ ।

यसअघि उद्योगले तीन सयदेखि चार सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सिमेन्ट उत्पादन सुरु गरेको जानकारी दिनुभयो । 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सिमेन्ट बिक्री वितरण सुरु गरिने उहाँको भनाइ छ । हाल सिमेन्ट प्याकिङ गर्ने कार्यसमेत सुरु भइसकेको छ । कोइलाको अभावको कारण विगत तीन महिनादेखि बन्द रहेको उद्योग दुई हप्ता अघि सञ्चालनमा आएको हो । 

कोइला बिक्रेतासँग अनुरोध गरेर केही समयका लागि कोइलाको व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योग प्रशासनको भनाइ छ । भारत, भूटान र इण्डोनोसियालगायतका देशबाट कोइला आउन थालेपछि उत्पादन सुरु भएको हो । 

उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि रु ८० करोडदेखि एक अर्ब र नयाँ प्लान्ट निमार्णका लागि रु पाँच अर्बदेखि रु आठ अर्ब खर्च हुने देखिएको छ । उद्योगमा हाल दुई सय १८ जना कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी