2026-10-12 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुख्य सडक कालोपत्र गर्छौं: नवनिर्वाचित सांसद भण्डारी

मङ्सिर ७, तनहुँ । तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले यो क्षेत्रमा रहेका मुख्य राजमार्ग पाँच वर्षभित्र कालोपत्र गर्ने बताउनुभएको छ । 

तनहुँको भीमाद नगरपालिका–६ भीमाद बजारमा आज आयोजित विजय जुलुसपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस क्षेत्रमा रहेका मुख्य मार्ग अझै पनि कच्ची रहेकाले पाँच वर्षभित्र यसलाई कालोपत्र गराउने बताउनुभएको हो । 

फलफूल, अन्नबाली उत्पादनका लागि सिँचाइका नयाँ योजना सुरुआत गर्ने बताउँदै भण्डारीले भन्नुभयो, “चुनावमा जुन प्रतिबद्धता लिएर जनतामाझ पुगेका थियौँ, त्यसलाई पूरा गरेर छाड्छौँ ।” 

विसं २०४६ को परिवर्तनपछि यस क्षेत्रमा जुन प्रकारले विकास हुनुपथ्र्यो त्यो नभएको भन्दै भण्डारीले विकास अभियान पूरा गर्न जनताले परिवर्तन चाहेको बताउनुभयो । “विसं २०४६ को परिवर्तनपछि यस क्षेत्रमा जुन प्रकारले विकास हुनुपथ्र्यो, त्यो हुन सकेको छैन । विसं २०४८ देखि निर्वाचित साथीहरुले जुन काम गर्नुपथ्र्यो त्यो नभएका कारण जनताले हाम्रो खोजी गर्नुभयो, जनताको विश्वासलाई खेर जान दिन्नौँ”, भण्डारीले भन्नुभयो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले कृषि क्षेत्रमा कुनै योजना नआएको भन्दै आधुनिक कृषि प्रणालीको विकास गर्ने उल्लेख गर्नुभयो । यस क्षेत्रमा भूमिहीन सुकुम्बासीको समस्या रहेकाले पाँच वर्षभित्र सुकुम्बासीको समस्या समाधान हुने दाबी गर्नुभयो । “पाँच वर्षभित्र सुकुम्बासीले लालपुर्जा पाउँछन्, अर्को चुनावमा भेट हुँदा यसको समस्याबारे सुन्न पर्दैन”, भण्डारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी