Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मकवानपुर जिल्ला देशको ३० औ साक्षर जिल्ला घोषणा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३१, हेटौँडा | मकवानपुर जिल्ला देशको ३० औ साक्षर जिल्ला घोषँणा भएको छ । आज शिक्षा मन्त्री डिआर पौडेलले मकवानपुरलाई देशको ३० औँ साक्षर जिल्ला घोषणा गरेका हुन् ।

‘साक्षर मकवानपुर हाम्रो गौरव,साक्षर बनी गरौँ पौरख’ भन्ने मुल नारा सहित आज हेटौँडामा भएको कार्यमविच मकवानपुरलाई नेपालको ३० औ साक्षर जिल्ला घोषणा गरिएको हो ।

राष्ट्रभाषा र मातृभाषाका वर्ण र अक्षर पढन सक्ने, मातृभाषा र नेपाली भाषामा लेखिएका मुल्यसूचि, विल पढ्न सक्ने, आफ्नो परिवारका सदस्यहरुको नाम, उमेर पढन, लेख्न सक्ने, ० देखि ९ सम्मका अंक पढलेख गर्न सक्ने, १ देखि १०० सम्म गणना गर्न सक्ने, सरल लेनदेनका हिसावहरु राख्न सक्ने, घडी हेरेर समय बनाउन सक्ने, मोवाइलका अंक चिनी प्रयोग गर्नसक्ने लगाएतको सूचकहरु राखेर मकवानपुरलाई साक्षर जिल्ला घोषणा गरिएको मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यले बताए ।

साक्षर जिल्ला घोषणा भएसँगै अब मकवानपुरमा ९८ दशमलव ९७ प्रतिशत जनताहरु साक्षर भएको बताईएको छ ।

कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । मन्त्री डिआर पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, सभासदहरु अनन्त पौडेल, गणेश थापा, मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्दाशक दिनेशकुमार श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर विश्वकर्मा, मकवानपुरका दलका अध्यक्ष तथा प्रतिनिधि, शिक्षक संघ, संगठनका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।