<p><b>मङ्सिर १६, काठमाडौँ | </b>बिहेको सिजनमा सुन महँगिएको छ । नेपालमा सुनको अत्यधिक खपत हुने महिना मंसिरमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । शुक्रबार छापावाल सुन सुन झन्डै तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ । <br></p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन ९८ हजार एक सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधबारकै तुलनामा बिहीबार सुन पाँच सय रुपैयाँले महँगिएको थियो ।</p>
बिहेको सिजनमा तोलाकै १ लाख नजिक पुग्यो सुनको मूल्य
Leave a Comment

