पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर १९, काठमाडौँ । </b>सोमबार नेपाली बजारमा सुनको मूल्य तोलाको लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९९ हजार ९ सय रूपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । <br></p><p>यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै बढ्दै ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रूपैयाँले बढ्दै आज १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।</p><p>विवाहको मौसम भएकाले पनि मंसिर लागेसँगै सुनचाँदीको मागमा उच्चता आएको र मूल्य लगातार वृद्धि भइरहेको महासंघको भनाइ छ । </p>

