2026-10-12 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकी डलर, युरो र पाउण्डको भाउ घट्यो, अष्ट्रेलियन डलरको बढ्यो (सूचीसहित)

मङ्सिर २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर यस सार्वजनिक गरेको छ। बिहिबारको तुलनामा शुक्रबार अमेरिकीफ डलर, युरो, पाउण्डलगायतको भाउ घटेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर अधिकतम १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२ रूपैयाँ १८ पैसा कायम गरेको छ। 

यस्तो युरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र बिक्री दर १३८ रुपैयाँ ७४ पैसा कायम गरिएको छ।  पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ०१ पैसा र बिक्री दर १६० रुपैयाँ ८३ पैसा छ। 

यस्तै, अघिल्लो दिनको तुलनामा भाउ घटेको स्विस फ्रेङ्क एकको खरिद दर १३९ रुपैयाँ ६७ पैसा र बिक्री दर १४० रुपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यता अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ भने अघिल्लो दिनको तुलनामा बढेको छ। अष्ट्रेलियन एक डलरको खरिद दर ८८ रुपैयाँ ४२ पैसा र बिक्री दर ८८ रुपैयाँ ८२ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ६९ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६१ पैसा र बिक्री दर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ९९ पैसा र बिक्री दर ३५ रुपैयाँ १५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको छ। यस्तै युएई दिराम १ को खरिद दर ३५ रूपैयाँ ८५ पैसा र खरिद दर ३६ रूपैयाँ १ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ३० रुपैयाँ ०६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी