मङ्सिर २५, काठमाडौँ | नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ३४ पैसा र बिक्री दर १३१ रूपैयाँ ९४ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ६६ पैसा र बिक्री दर १३९ रूपैयाँ २९ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ८९ पैसा र बिक्री दर १६१ रूपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।