मङ्सिर २७, काठमाडौँ | नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ७६ पैसा र बिक्री दर १३२ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ १२ पैसा र बिक्री दर १३९ रूपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ७२ पैसा र बिक्री दर १६२ रूपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।