<p><b>मङ्सिर २९, काठमाडौँ | </b>नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज डलरको खरिद दर १३१ रूपैयाँ ६४ पैसा र बिक्री दर १३२ रूपैयाँ २४ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २९ पैसा र बिक्री दर १४० रूपैयाँ ९३ पैसा रहेको छ। </p><p>त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९८ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। </p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/ec27c17adfaa8e81a2185e0348e3bc6d1671074005.jpg" style="width: 965px;"><br></p>
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ | हेर्नुहोस् !
